काठमाडौ । बलिउडमा सबैभन्दा चर्चित नायिका हुन् श्रीदेवी, उनको अल्पआयुमै निधन भयो । निधनले सबै स्तब्ध बने । तर उनको बिँडो छोरी जान्भीले थामिरहेकी छिन् । यसैले उनी चर्चाको शिखरमा छिन् । करण जोहरको प्रोडक्शन हाउस धर्माबाट बलिउडमा पाइला राखेकी नायिका जान्भी कपुरले नयाँ चलचित्र साइन गरेकी छिन् । उक्त चलचित्रको भूमिकाका कारण उनी अहिले चर्चामा छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्र पनि करण जोहरकै प्रोडक्शन हाउसबाट बन्नेछ । यो चलचित्र बहादुर पाइलट गुञ्जन सक्सेनाको जीवनीमा आधारित रहेर बन्नेछ । यो चलचित्रका लागि हाल जान्भीले हेलिकप्टर उडाउन सिकिरिहेकी छिन् ।

यो चलचित्रमा जान्भीको अपोजिटको रुपमा साउथका स्टार सलमानलाई फाइनल गरिएको भारतीय मिडियामा उल्लेख छ । यो चलचित्र जान्भीमाथि केन्द्रित हुनेछ र सलमानले चलचित्रमा जान्भीसँग रोमान्स गर्नेछन् । यो चलचित्रमा जान्भीले हेलिकप्टर नै उडाउनु त पर्ने छैन । तर, त्यसभित्र बसेर कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा जान्भी अहिले अध्ययन गरिरहेकी छिन् । जान्भीलाई करणले आफ्नै प्रोडक्शनको अर्को चलचित्र ‘ताक्त’मा पनि फाइनल गरिसकेका छन् । उनले ब्याक टू ब्याक काम पाईरहेकी छिन् । यसले उनी पछिल्लो पुस्ताकी सफल नायिका बनेकी छिन् ।

सम्बन्धित खबरहरु