नयाँदिल्ली । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उहाँले राजीनामा दिनुभएको बताइएको छ । राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताउनुभएको छ ।

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उहाँले राजीनामा दिनुभएको स्रोतले जनाएका छन् । केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुदै आएका थिए । भारतमा कतिपय विज्ञहरूले उहाँलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उहाँको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ । गर्भनरको राजीनामासँगैं मोदी सरकारमाथि भारतीय जनताको नकारात्मक तरिकाले हेर्न सक्ने देखाएको छ । सरकारले दिएको दबाबले यो भन्दा पहिले पनि धेरैंले राजीनामा दिएका छन । रासस

सम्बन्धित खबरहरु