काठमाडौं । संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भएको देश भारतमा अहिले विधासभा निर्वाचन भइरहेको छ । अहिले भारतीय प्रधानमन्त्री रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई जनताले रुचाएका छैनन । धेरैं राज्यहरुमा भाजपा भन्दा भारतीय कंग्रेस अगाडी देखिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले किसानका लागि काम गर्न नसकेको छ छिमेकी मुलुकहरुसँग सम्बन्ध सुधार गर्न नसकेको आरोप लाग्दैं आएको छ । पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् । प्रचण्ड बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

“म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, उनले मंगलबार ट्विटरमा लेखेका छन्, ‘हारजीत जिन्दगीको हिस्सा हो ।” विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मेहिनेत गरेको भन्दै उनले प्रशंसा गरेका छन् । नतिजा सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको म्यान्डेट स्विकार्य भएको बताएका छन् । मोदीले ट्विटरमा भनेका छन्, “हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।” उत्ता कंग्रेस अध्यक्ष राहुन गान्धीले आफुले नरेन्द्र मोदीबाट धेरैं कुराहरु सिक्ने मौंका पाएको बताएका छन ।

२०१३ को निर्वाचनमा बहुमत दिएकोमा छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका जनतालाई धन्यवाद भनेका छन् । तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको उनको भनाइ छ । मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ ।

अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ । कांग्रेसको मिजोरममा २९ र तेलगंनामा १६ सिट घटेको छ । मिजोरममा २६ सिट जितेर बहुमत ल्याएको मिजु नेसनल फ्रन्ट (एमएनएफ) र तेलंगनामा ८८ स्थानमा जित हासिल गरेको टिआरसीलाई पनि मोदीले बधाई दिएका छन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु