काठमााडौं । नेपाललाई संसारमा परिचीत गराएर विश्व सुन्दरी प्रतियोगितामा अन्तिम बाह्रसम्म पुग्न सफल श्रङ्खला खतिवडा नेपाल आइपुगेकी छिन । उनको स्वागमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नेहरुको भिड लागेको छ। मिस नेपाल श्रृखंला खतिवडा हिजो मात्रैं नेपाल फर्किएकी छन् । उनि चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा सहभागिता जनाएर नेपाल फर्किएकी हुन् । रातको समय भएपनि उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनका शुभचिन्तकको भिड लागेको थियो । उनले नेपाल र नेपालीहरुको सहयोगले आफु त्यो स्थानसम्म पुगेको भन्दैं सबैंलाई धन्यवाद भनेकी छिन ।

मिस नेपाल बन्दै उनी नेपालको प्रतिनिधित्व गरेर विश्व सुन्दरी प्रतियोगितामा सहभागीता जनाउन चीन पुगेकी थिइन् । प्रतियोगिताको अवधिभर उनको चर्चाले विश्वभर स्थान पाएको थियो । नेपालका मात्रै नभएर उनको पक्षमा विश्वभर माहोल बनेको थियो । विश्व सुन्दरी प्रतियोगितामा उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी थिइन् । उनी थाइल्याण्डकी सुन्दरीसँग पछाडी पर्दै प्रतियोगिताबाट बाहिरिएकी हुन् । अब नेपालमा रहेर आफ्नो बाँकी काम पुरा गर्ने उनले विमान स्थलमा बताएकी छन् । उनको समाजसेवी धारणाले गर्दा हरेक नेपालीहरुको मनमा खतिवडाको नाम आइरहेको छ । उनले आफुलाई देशको पहिलो महिला प्रधानमन्त्री बन्न मन भएको पनि बताइन ।

सम्बन्धित खबरहरु