बढ्दो जाडोसँगैं वृद्धवृद्धालाई न्यानो कपडा वितरण !


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले वडाभित्रका सबै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कम्मल(ब्ल्याङ्केट)वितरण गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । उक्त वडाभित्र रहेका २१७ वृद्धवृद्धा र २३ अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो ।

मङ्सिर महीना सकिनै लाग्दा अत्याधिक चिसो बढ्न थालेपछि वृद्धवृद्धामा बढी समस्या हुने भएकाले उहाँहरुलाई चिसोबाट जोगिन सजिलो होस् भनेर ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । चिसो मौसममा न्यानो कपडा नहुँदा अस्थायी टहरामा बस्दै आएको वृद्धवृद्धा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता रहेको छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेकालाई असाध्यै समस्या भएको देखेपछि न्यानो कपडा खरीद गरेर वितरण गरेका हौँ ।’

भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अझै अस्थायी टहरामा रहेका भूकम्पपीडितहरु बिहान बेलुकी जस्ताले बेरेर बनाएकोे टहरामा बस्दा शीत चुहिने र बढी चिसो हुने हँुदा कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । वडा नं ७ चाहापनी घर भएका ७५ वर्षीय सन्ते सार्कीले भन्नुभयो, “हामीले जिताएर पठाएका मान्छेले हाम्रो मर्का बुझ्ने रहेछन् ।” रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !