मुम्बई । एसियाका सबैंभन्दा धनी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह भइसकेको छ । यो विशेष मौकामा बलिउड सेलिब्रिटीको पनि उल्लेख्य सहभागिता रह्यो । विवाहमा सलमान खान, अमिताभ बच्चनको परिवार, रणबीर–दीपिका, ऋतिक रोशन, जान्ह्वी कपुर, सेफ– करिना, करिश्मा कपुरका साथै आलिया भट्ट, प्रियंका–निक, करण जोहर, गौरी खान, शिल्पा शेट्टीको उपस्थिती रह्यो ।

यस्तै, शबाना आजमी, जावेद अख्तर, शाहिद कपुर, रजनीकान्त, सोनम कपुर, अनिल कपुर, ज्याकी श्रोफ, हरभजन सिंह, सचिन तेन्दुल्करलगायतको उपस्थिती रह्यो । डिसेम्बर १२ मा भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी ईशा अम्बानी र व्यापारी अजय पीरामलका छोरा आनन्द पीरामलको विवाह भएको छ । ईशा अम्बानीको विवाह मुकेश अम्बानीको मुम्बइमा रहेको घर एन्टिलियामा भएको हो ।

अहिले सामाजिक सञ्जालमा अम्बानीको घर एन्टिलियाका तस्बिरहरु निकै चर्चामा छन् । एन्टिलियालाई सुन्दर फूलहरु तथा लाइटले आकर्षक तरिकाले सजाइएको छ । ईशा अम्बानीको विवाह अघिको कार्यक्रम संगीतका लागि हलिउडबाट पप स्टार बियोन्सेलाई बोलाइएको थियो । साथै अमेरिकाबाट हिलारी क्लिण्टन विशेष पाहुनाको रुपमा सहभागी भएकी थिइन् ।

बलिउडबाट शाहरुख खान, आमिर खान, सलमान खान लगायत १८०० कलाकारलाई बोलाइएको थियो । मुकेश अम्बानीले उनकी एक्ली छोरी ईशा अम्बानीको विवाहमा पैसाको खोला नै बगाएका छन् भन्दा फरक नपर्ला । खबरहरुका अनुसार मुकेश अम्बानीले ईशाको विवाहका लागि करीब ७०० करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । ईशा अम्बानीको विवाहको एउटा निमन्त्रणा कार्डको मूल्य ३ लाख भारतीय रुपैयाँ थियो भने दुबै परिवारको तर्फबाट करीव ३ हजार निमन्त्रणा कार्डहरु वितरण गरिएका थिए ।

सम्बन्धित खबरहरु