काठमाडौ । कतार क्रिकेट सङ्घले आफ्नो राष्ट्रिय दिवसका उपलक्ष्यमा मङ्गलबार आयोजना गर्न लागेको कतारको राष्ट्रिय टोली र एशिया ११ बीचको मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन नेपालबाट दुई क्रिकेटर आज त्यसतर्फ गएका छन् । एशियाका विभिन्न देशका खेलाडीलाई समावेश गरेर आयोजना हुन लागेको खेलमा नेपालबाट स्पिनर सञ्जम रेग्मी र हसिम अन्सारी कतार प्रस्थान गरेका छन् । नेपाली राष्ट्रिय टोली र अन्य खेलाडी एभरेस्ट प्रिमियर लिग ९इपिएल०मा व्यस्त रहेकाले सञ्जम र हसिमलाई सो मैत्रीपूर्ण खेलमा सहभागी गराइएको निलम्बनमा रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष दिवाकर घलेले जानकारी दिनुभयो । आज यहाँ आयोजित कार्यक्रममा दुई खेलाडीलाई उपाध्यक्ष घलेले बिदाइ गर्नुभयो ।

सम्बन्धित खबरहरु