काठमाडौ । अहिले एउटा अनौठो अफरले विश्वबजार तताएको छ । इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन संसारभरीका पुरुषलाई चुनौती सहितको अनौठो अफर आएपछि यो चैतमा खरबारीमा लागेको डढेलो जस्तो फैलिएको छ । यो खुलेआम यौन प्रस्ताव राखिएको थियो । यो प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेकी छन् ।

पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् । आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् ।

बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् ।

सम्बन्धित खबरहरु