काठमाडौं । पछिल्लो समय गायनमा भन्दा पनि समाजसेवामा लिप्त गायिका अन्जु पन्तले बढ्दो जाडोसँगैं न्यानो कपडा वितरण गरेकी छिन । गायिका पन्तद्वारा आइतबार भक्तपुर चाँगुनारायण नपा वडा नं. ७ स्थित रहेको मानव कल्याण सेवा घरमा न्यानो वितरण कार्य सम्पन्न भएको छ । गायिका पन्तले सेवा घरमा रहेका ३५ अनाथ तथा वेवारिसे मानवहरूलाई जाडोमा न्यानोका निम्ति ब्लाङ्केट वितरण गरेकी छन । विगत केही हप्ताअघि बाट नेपालका तराईका दुर्गम समुदाय तथा गरिव र असहायलाई सहयोग गर्दै आएकी पन्तले भक्तपुरमा पनि सहयोगका हात अघि बढाएकी छिन ।

आफ्नै अध्यक्षतामा गठित “अन्जु पन्त फाउण्डेसन” मार्फत् उनले सहयोगहरू गर्दै आएकी छिन् । फाउन्डेसनले यसअघि मंसिर १५ गते मकवानपुर खैराङका चेपाङ वालवालिका तथा विरगंज कारागारमा रहेका बालावालिकाहरूलाई विद्यालय सामाग्री वितरण गरेको उनले जनाईन । त्यसैगरी पर्सा महुवन रामनगरियामा २० जना अपांग वालवालिकाहरूलाई न्यानो कपडा ९सिरक, ब्लाङकेट० तथा विद्यालय सामाग्री, सर्लाहीमा ५५ जना मुसहर वालवालिकाहरूलाई विद्यालय ब्याग तथा स्टेसनरी सामाग्री वितरण भएको बताइन ।

यसैगरी न्यानो वितरणकै क्रममा फाउण्डेसनले पर्सा जिल्लाको सखुवा पर्सौनी गाउपालिका स्थित बेलुवा गाँउका ५० जनालाई न्यानो कपडा (सिरक, ब्लाङकेट) वितरण गरेको थियो । यस्तै फाउण्डेसनले मकवानपुरको चेपाङ बस्तीमा पनि निरन्तर सहयोग गर्दै आएको छ, त्यहाँ गत साता मात्रै पनि ८८ विध्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको थियो ।

उनले न्यानो वितरण गर्दै सञ्चारकर्मीहरूसङ्ग भनिन्, “सानै देखिको सामाजिक सेवाको रहर अहिले आदत बनेको महशुस भइरहेको छ। त्यसमा पनि पछिल्लो समय जति स्थानमा सहयोगका लागि हिँड्दा देखको मानिसहरुउको अवस्था देख्दा अब सामाजिक सेवा रहर र अदतमात्र नभएर समृद्ध नेपाल निमार्णका लागि आवस्यकता जस्तै लाग्न थालेको छ।” उनको यो सामाजिक कामको अहिले खुलेरैं चर्चा भइरहेको छ ।
गायिका पन्तले अब फाउण्डेसन पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका स्थित मोर टोलका वासिन्दाहरूका लागि ३५ घर बनाउने अभियानमा लाग्ने जानकारी गराइन् । उक्त टोलका बासिन्दाको दयनीय अवस्था देखेर आएकी पन्तले भनिन्, “यो ठूलो योजनाका लागि मलाई सबैको साथ र सहयोगको आवश्यकता छ ।” बढ्दो जाडोसँगैं अहिले देशैंभरीको दैंनिकी कष्टकर बन्दैं गएको छ ।

 

सम्बन्धित खबरहरु