विरगञ्ज । देशको मुख्य भन्सार नाकामा नेपाल प्रहरीमाथि आक्रमण भएको छ । पर्साको सीमाक्षेत्रमा भारतीय तस्करहरे एक समूहले ड्युटीमा रहेका नेपाली प्रहरीमाथि आक्रमण गरी फरार भएका छन । आक्रमणमा परि केही प्रहरीलाई उनीहरुले घाइते बनाएका छन् । तस्करहरूले प्रहरीको थ्री नट थ्री राइफल खोसेर लग्नुका साथै ३ जना प्रहरीलार्इ घाइते बनाएको जनाइएको छ ।

सोमबार राति पर्साको जगरनाथपुर गाउँपालिका–१, पाँडेपुरमा रहेको प्रहरी चौकीका असर्इ विसुनादेवा यादवमाथि आक्रमण तस्करहरूले कुटपिट गरेका थिए । उनीहरूले हतियार समेत लुटेर लगेको प्रहरीले जनाएको छ । आक्रमणबाट प्रहरी हवल्दार प्रेमबहादुर राणा र प्रहरी जवान अर्जुन चौधरीसमेत घाइते भएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

तस्करहरूले नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागेको डिजेल र पेट्रोल प्रहरीले रोक्न खोज्दा उल्टैं प्रहरीमाथि नै आक्रमण भएको हो । प्रहरीको संख्या कम भएको समय पारेर चौंकीमाथि नै आक्रमण भएको पालको भनाइ छ । उनले अपराधीको पहिचाहन भैंसकेको हुनाले छिट्टै पक्राउ गर्ने बताएका छन् ।

सम्बन्धित खबरहरु