काठमाडौ । गणतान्त्रिक नेपाल को सरकार यति बेला नेपाली राजनिती को लामो संक्रमणकाल र यसले पैदा गरेका अराजकता,अन्यौलता ,अकर्मण्यता र गति हिनताको अन्त्य गर्दै समृद्धि को मार्ग चित्र सहित अगाडि बढ्दै गरेको बिषय स्पष्ट छ।बिगत मा झेल्नु परेको अर्धबार्षिक सरकार र बेथिति को अन्त्य गरि नीति,विधि र पद्धतिमा देश लाई हिडाउनु को साथै सबै दृष्टिकोणले असन्तुलित समाजमा सन्तुलन कायम गर्नु यो सरकारको पहिलो दायित्व हो।यसको लागि सरकार संविधान ले निर्दिष्ट गरे बमोजिम कानुन निर्माणमा जुटेकोछ।

तर पनि जनताको अपेक्षा बढि र सरकारको कामको गतिमा केही अन्तरविरोध् पैदा भएकाछन्।यहि अन्तरबिरोध बाट नाजायज फाईदा उठाउने तत्वहरु सल्बलाईरहेकाछन्। उदाहरण का लागि पुर्व राजाका पक्षधर पार्टि र समर्थकहरु देश बचाउने राजा भनेर मसिनो स्वरले कराउदैछन्। उनिहरु भनाईमा गणतन्त्र आउनु ले देश र समाज बर्बाद भयो र राजतन्त्र मात्र यस्तो अचुक हतियार जसले एकता र सर्बाङ्गिन बिकास गर्छ। उनिहरुको यति बेला प्रचारात्मक आन्दोलन हो, र कृयात्मक चरण भारतको निर्वाचन पछि सुरु हुनेछ।

दरवारियाहरुको आशा र कल्पना के छ भने,निकट भविष्यमा हुन गईरहेको निर्वाचनमा भारतिय जनता पार्टि ले बहुमत ल्याउने छ । त्यो बहुमत पछि बन्ने सरकार ले नेपाल मा हिन्दु अधिराज्य बनाउन दबाब दिनेछ र त्यसको संरक्षकमा राजा राख्नेछ ।

 दोश्रो : यदि दलहरुले मानेनन् भने मधेशका मुद्दा उठाएर सि के रावत लाई ,पहाडमा हिन्दु धर्मका नाममा र केही समूह लाई संघियता को विरोधमा र विप्लव लाई कथित दलाल हरुको बिरुद्ध मा आन्दोलन गराईदिने छ वि जे पि ले ।चौतर्फि आन्दोलन पछि सरकार र ब्यबस्था असफल भएको हुनेछ र त्यहि जगमा विप्लव सहित भएर राजतन्त्र र हिन्दु अधिराज्य स्थापना हुनेछ। यो कुरा विप्लव का केही जिम्मेवार नेताले गणतन्त्र भन्दा राजतन्त्र ठिक भन्नू ले पनि जोडन सकिन्छ।

तेस्रो : त्यहा पनि अन्तरास्ट्रिय सन्तुलन असजिलो पारे संसद बिघटन गराएर नयाँ निर्वाचन गराउनेछ र त्यसमा नेपाली कांग्रेसलाई बहुमत पुर्याएर जिताउने छ ।नेपाली कांग्रेस मार्फत सबै काम गराईदिने छ।यी तमाम् काम वि जे पि को जिम्मा अनि राष्ट्रियता को रक्षा राष्ट्र को समृद्धि १यसको वाह्य तैयारिको लागि पुर्व राजा ज्ञानेन्द्र उत्तर दक्षिण त कहिले थाईलैण्ड त कहिले सिंगापुर दौडाहा गरिसके।यसको आन्तरिक तयारि स्वरुप जहाँ कहि घट्ना घट्छन त्यहि घुसेर चर्काउने। अब बुझ्न कठिन परेन कि भारत को अर्को शक्ति वि जे पि को आशिषवाद ले स्थापना हुने राज्य सत्ता राजा कसरी राष्ट्रवादी हुन्छन्रु९स्मरण रहोस ०६२/०६३ को जनयुद्ध र जनआन्दोलन ताका वि जे पि ले सिमा क्षेत्रमा राजतन्त्रको पक्षमा आन्दोलन चर्काएको थियो।बैसाख ८ गते आन्दोलन रोक्ने मस्यौदा ल्याएर भारत बाट करण सिंह आएका थिए।०स्वर्गि राजा विरेन्द्रले अलिकति राष्ट्रियता को पक्षमा उभिनु ले उनिको बंशविनास भयो।भने बैदेशिक शक्ति दरवार बाटै घुस्दथे भन्ने स्पष्ट हुदैनरुघटनाक्रम आफै साचिछन अंग्रेज लाई जंग बहादुर राणाले नेपाल भित्रयाए,त्रिभुवन ले भारत लाई नेपाल भित्रयाए। यति हुदा हुँदै पनि दरवार लाई राष्ट्रवादी देख्नु छट्टु स्याल ,चील कुखुरा को टुक्का जस्तै हो।

अन्तमा विपक्षिहरुले आफ्नो गतिविधि जे गर्लान सरकार ले यसको क्रस योजना बनाउनै पर्छ।देशमा निरन्तर हुने हत्याका वाडदात को अन्त्य,र अपराधिलाई कानुनको कठघरामा ल्याउने,जनता को राहातको कार्यक्रम ल्याउनु पर्छ,शरल शासन र चुस्त प्रशासन,जेष्ठ नागरिक लाई सम्मानजनक र आवश्यक्ता अनुसार भत्ता,कर्मचारिहरुमा सेवा अनुसार सुविधा र वृत्तिबिकास का अवसर प्रदान ,शिक्षा क्षेत्रमा ब्यापारिकरण र निजिकरण को अन्त्य,भौगोलिक रुपले असन्तुलित ठाउमा बिकास निर्माण मा सन्तुलन मिलाउने।राजनितिक रुपले देखापरेका समस्यालाई राजनितिक रुपले वार्ता द्वारा समाधान खोज्ने।सबै क्षेत्रका बिकृति र बिसंगतिको योजनावद्ध अन्त्य गर्ने लगाएतका प्रभावकारि काम गर्नु पर्छ। अर्को सरकार प्रमुख र पार्टि प्रमुखहरु कुनैपनि धार्मिक समुदाय र संस्थाका कार्यक्रममा शुभकामना लिखित दिने तर आफै उपस्थित नहुने र बोल्दा अलि गम्भीर हुनु पर्ने।यसको मतलव डिंगा को जिउमा घाउ नलागि झिंगा बस्दैन भने झै डिंगाको जिउमा घाउ लाग्न नदिनु सरकारको काम हो भन्दा फरक पर्ला र ?

सम्बन्धित खबरहरु