काठमाडौ । भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माण्को कुने सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ । जसलाई क्लासिक, नियो क्लासिक र आधुनिक तीनवटै शैलीमा निर्माण गर्न १ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर भवन अलपत्र छ ।

भवन नबनेपछि सेवाग्राहीलार्य एकै स्थानबाट सेवा दिनुपर्ने महानगरका विभागहरु ९ स्थानमा सारिए । तर मेयर, उपमेयर र कार्यकारी अधिर्कतको कार्यकक्ष भने नजिकैको सुविधासम्पन्न जेडीए कम्प्लेक्समा स¥यो । लिफ्ट चढेर पाँचौ र छैठौँ तलमा सेवाग्राही पुग्नु परेको छ । सोधपुछकक्षका कर्मचारी टेबुलमुनि हिटर राखेर कम्प्युटर चलाइरहेका हुन्छन् । सेवाग्राहीको जिज्ञासामा झर्किदै जवाफ फर्काउँछन् ।

सम्बन्धित खबरहरु