क्यालिफोर्निया । धेरैं व्यक्तिहरुले भन्ने गर्छन मानिसले प्रगति चाहाने हो भने भाग्यमा होईन कर्ममा विश्वास गर्नुपर्छ । हरेक कुरा हर समयमा ठिक हुन्छ भन्ने कुरा भने विल्कुल सत्य होईन । अमेरिकाको न्यूजर्सीमा बस्दै आएका एक युवक लोट्री चिठ्ठाबाट एकै दिनभित्र ५० लाख ६ सय डलर ९५७ करोड ६७ लाख नेपाली रुपैयाँ० जितेका छन् । अब यसलाई ति युवकको भाग्य भन्ने कि मेहनत भन्ने त्यो भनिरहन पर्दैन पक्कैं पनि एक संयोग थियो । संयोग भन्नु भनेको नैं भाग्य चम्किनु हो भन्ने कुरा हामी सबैंलाई थाहा छ ।

न्यूजर्सीमा बस्दै आएका युवक रोबर्ट स्टिवर्टले केबल २४ घण्टाभित्र तीन लोट्री चिठ्ठा जितेका हुन् । उनलाई चिठ्ठा जितेबापद ५७ करोड ६७ लाख रुपैयाँ आयोजकले भुक्तानी गरेका छन् । उनको जिन्दगीमा यो खुसी यसै वर्ष अगस्ट २ मा आएको हो । तर यसको खुलासा भने हालै मात्र भएको छ। रिपोर्ट अनुसार २ अगस्टमा रोबर्टलाई स्क्र्याच लोट्री गेममा ५० लाख डलर ९५७।६७ करोड रुपैयाँ० को ज्याकपट लागेको थियो ।

अर्को पटक पनि उनले ५०० डलर र तेस्रो प्रयासमा उनले १०० डलर जितेका थिए । यति धेरै रकम जितेपछि रोबर्टले न्यूजर्सी लोट्रीलाई नाम सार्वजनिक नगर्न आग्रह गरे । तर अब लोट्री कम्पनीले उनको नाम घोषणा गरिदिएको छ । रोबर्टका अनुसार जितेको रकमबाट परिवार र नातेदारलाई मद्दत गर्नेछन् । ज्याकपट जित्नुअघि रोबर्टले यसै वर्ष २५ हजार डलरको लोट्री पनि जितिसकेका थिए । एजेन्सी

सम्बन्धित खबरहरु