डडेल्धुरा । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको खरो बिरोध गरेका छन् । उनले यो संघीयता राष्ट्र खोक्रो बनाउँन लादिएको आरोप लगाएका छन् । उनले संघीयता र प्रदेश सरकार घाँडो भएको भन्दै प्रदेश सरकार तत्काल खारेज नगरे देश दुर्घटनामा जाने बिचार राखेका छन् । केसी संघीयताको विपक्षमा खरो भएर निरन्तर उभिएका राजनीतिज्ञ हुन् ।

डडेल्धुरामा बुधबार पत्रकारसँग कुरा गर्दै उनले संघीयता महंगो प्रणाली भएकाले खारेज हुनुपर्ने बताए । ‘यो प्रदेशको काम छैन, हामीले संशोधन प्रस्ताव नै तयार पारेका छौं, कुनै पनि बेला दर्ता गर्छौं, ‘ उनले भने । अध्यक्ष केसीले स्थानीय तहलाई थप अधिकार दिनुपर्ने र प्रदेश सरकार खारेज गनुपर्ने बताए ।

उनले सरकारले गर्न सक्ने काम पनि नगरेको दावी गरे । अघि भने, ‘नौ महिनामा कायापलट त हुन सक्दैन तर यो समयमा भ्रष्टाचारीलाई कार्वाही जस्ता साना कार्य पनि नगरेकाले सरकार अलोचित बनेको छ ।’ उनले देशमा तीन तहको निर्वाचन भएपश्चात पनि सरकारले जनअपेक्षाअनुुुसार काम गर्ने नसकेको बताए । ‘हिजो असफल भएका शक्ति केन्द्रहरुले खेल खेल्न सक्ने भएकाले संघीयतामाथि कालो बादल मडारिराखेको छ,’ उनले भने ।

सम्बन्धित खबरहरु