काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरी आज नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो ।

बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको छ । बैंकले अधिकृत पूँजी रु १० अर्बलाई वृद्धि गरी रु १६ अर्ब पुर्‍याउने महत्वकाङ्क्षी योजनासमेत सार्वजनिक गरेको छ । बैंकको चालु आवको पाँच महीनामा रु सात अर्ब ७० करोडले वृद्धि भई निक्षेप ११४ अर्ब २१ करोड पुगेको छ भने कर्जा नौ अर्ब ३० करोडले वृद्धि भई १०२ अर्ब ६७ करोड पुगेको छ ।

काबेलीले ३५ प्रतिशत शेयर लाभांश दिने

काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।

बैंकको हाल कायम रहेको रु २१ करोड पाँच लाख ९० हजार ४०० शेयरपूँजीको ३५ प्रतिशत रु सात करोड सैतीस लाख छ हजार ६४० को शेयर लाभांश प्रदान गर्न लागेको हो । शेयर लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी रु २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ ।

सम्बन्धित खबरहरु