एजेन्सी । साधरण तया पृथ्वीमा एक वर्षमा ३ सय ६५ दिन अर्थात् ८७६० घण्टा हुन्छ । तर दुनियामा एउटा यस्तो ग्रह पत्ता लगाएको छ जसमा सात घण्टामै एक वर्ष सकिन्छ । खगोलिय दूरवीन केप्लर टेलिस्कोपले यस्तो ग्रह पत्ता लगाएको छ जसमा सात घण्टामै एक वर्ष सकिन्छ । जुन ग्रह पृथ्वी र चन्द्रमाको दूरी भन्दा झण्डै ३ गुणामात्र टाढा रहेको बताइन्छ ।

यो ग्रहमा समय यति छिटो बितिरहेको हुन्छ की पृथ्वीमा एक वर्ष हुँदा त्यहाँ १२ सय ५१ वर्ष बितिसकेको हुन्छ । यो ग्रहले ६.७ घण्टामा सूर्यलाई परिक्रमा गर्दछ । यो ग्रहलाई अन्तरिक्षको सबैभन्दा तिव्र गतिको ग्रह भनिन्छ ।

यो ग्रहको नाम EPIC 246393474 b राखिएको छ । यस्तो अर्को नाम सी १२३४७४ हो । यो नयाँ ग्रह पृथ्वीको नजिक रहेको र पृथ्वीभन्दा झण्डै ५ गुणा ठूलो आकारको रहेको बताइएको छ । यो ग्रहमा ७० प्रतिशत फलाम रहेको सम्भावना छ । उच्च विकीरणका कारण यो ग्रह मानव बसोबासका लागि योग्य छैन । यो ग्रहमा झण्डै ७ घण्टाको एक वर्ष हुने भएपछि एक दिन चाहीँ ठ्याक्क कति समयको हुन्छ भन्ने चाहीँ गणना गरिएको छैन । वैज्ञानिकहरुले यसमाथि थप अनुसन्धान गरिरहेका छन् ।

सम्बन्धित खबरहरु