काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलको सम्बन्ध विच्छेद पश्चात पुर्वपत्नी मीना ढकाल अहिले गायिका बनेकी छिन । उनले नेपाली बजारमा थुप्रै गीतहरु ल्याएकी छिन । सुरुमा उनका गीतहरु मन पराउनेहरुको तुलनामा मन नपराउनेहरु धेरैं थिए । अहिले उनका गीत र भिडियोलाई दर्शकले निकैं रुचाएका छन । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले औपचारिक पोस्टर सार्वजनिक गरेको छ । मनोज गजुरेल अभिनित सोसल ड्रामा माघ १८ गते देशव्पायी प्रदर्शन हुँदैछ ।

प्रस्तुत पोस्टरमा फिल्मका सबै अभिनेता अटाएका छन् । पोस्टरअनुसार फिल्मको बटम लाइन “करप्सन भर्सेस लभ” रहेको छ । निर्देशक रामशरण पाठकले फिल्मले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए । हास्यअभिनेता गजुरेलको डेब्यू फिल्म हो यो । उनीसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ । घरमा रिलिज अगाडि फिल्मले अंग्रेजी नयाँ वर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने जनाएको छ । अब यो देख्न बाँकि छ हास्य क्षेत्रमा पाएको सफलता मनोजलाई चलचित्रमा जम्न सक्छ वा सक्दैंन ?

सम्बन्धित खबरहरु