काठमाडौ । नेपाल आईडल थर्ड रनरअप झापाकी अस्मिता अधिकारी बनेकी छिन् । उनले होण्डको तर्फबाट स्कुटर पाएकी छिन् । उपाधीका लागी पोखराका विक्रम बराल, धनगडीका रवि ओड, झापाका सुमित पाठक र अस्मिता अधिकारी थिए ।

सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा रवि जिताउन अभियान सञ्चालन भएको र रातभर नसुतेर पनि भोट भएको थियो । रवी ओड सुदुरपश्चिमका एक मात्रै प्रतिस्पर्धी हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिको गुलरिया घर भएका उनी दलित समुदायलाई प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् । उनको आर्थिक अवस्था कमजोर भएको, बुबा भारतमा काम गर्ने गरेको कुरा नेपाल आइडलको ३६ औं श्रृंखलाले देखाईदा उनीप्रति धेरैको सहानुभुती अझ बढेको थियो । कसरी भोट गर्ने भन्ने थाहै नपाएका उनका बुबा र जन्म नदिए पनि कर्म दिने आमा रविलाई जिताउन लागि परेको दृश्यले धेरैको मन खिचेको थियो । गाला राउण्डमा रवि डेन्जर जोनबाट टाढै रहेका प्रतिस्पर्धी हुन् भने सबैभन्दा धेरै पटक सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतिस्पर्धी पनि हुन् ।

सम्बन्धित खबरहरु