काठमाडौ । धनगढीका रवि ओड नेपाल आइडल बनेका छन् । नेपाल आईडलको ग्रान्ड फिनामा उनले उपाधि जितेका हुन् । पोखराका विक्रम बराल पहिलो रनरअप बनेका छन् । दोस्रो रनरअप झापाका सुमित पाठक बनेका छन् । उनले १२ लाख रुपैयाँको चेक पाएका छन् । तेस्रो रनरअप झापाकी अस्मिता अधिकारी बनेकी छिन् । उनले होण्डको तर्फबाट स्कुटर पाएकी छिन् । उपाधीका लागी पोखराका विक्रम बराल, धनगडीका रवि ओड, झापाका सुमित पाठक र अस्मिता अधिकारी थिए ।

सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा रवि जिताउन अभियान सञ्चालन भएको र रातभर नसुतेर पनि भोट भएको थियो । रवी ओड सुदुरपश्चिमका एक मात्रै प्रतिस्पर्धी हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिको गुलरिया घर भएका उनी दलित समुदायलाई प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् । उनको आर्थिक अवस्था कमजोर भएको, बुबा भारतमा काम गर्ने गरेको कुरा नेपाल आइडलको ३६ औं श्रृंखलाले देखाईदा उनीप्रति धेरैको सहानुभुती अझ बढेको थियो । कसरी भोट गर्ने भन्ने थाहै नपाएका उनका बुबा र जन्म नदिए पनि कर्म दिने आमा रविलाई जिताउन लागि परेको दृश्यले धेरैको मन खिचेको थियो । गाला राउण्डमा रवि डेन्जर जोनबाट टाढै रहेका प्रतिस्पर्धी हुन् भने सबैभन्दा धेरै पटक सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतिस्पर्धी पनि हुन् ।

को हुन् दोस्रो नेपाल आईडल र पहिलो, दोस्रो र तेस्रो रनरअप विजेताहरु

सुमित पाठक
नेपाल आईडलको काठमाण्डौ अडिसनबाट गोल्डेन माईक पाउदै सिधैँ गालाराउण्डमा प्रबेश गरेका सुमित आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै टप ४ सम्म पर्न सफल भएका छन् । झापा कनकाई नगरपालिका ३ का सुमित पाठक नेपालका वरिष्ठ संगित साधक धुब्र पाठकका छोरा हुन् । सुमधुर स्वरका धनी उनी नेपाल आइडल सिजन टु का अहिले रहेका मध्ये सबैभन्दा कान्छा प्रतियोगि हुन् । १९ वर्षीय सुमितले कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट ३ वर्षअघि प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका हुन् । उनको संगीत प्रति निकै चाख रहेको उनलाई पढाएका शिक्षकहरु सम्झन्छन् ।
सुमितसंग विभिन्न संगितका बाध्यबाधन सामाग्री पनि बजाउने कला छ । सबै गितलाई न्याय गरेर गाउन सक्ने सुमितले स्वर सम्राट नारायण गोपाल, सत्य–स्वरुप, जगजित सिंह, गुलाम अलीका गीतहरु उत्तिकै सुमधुर रुपमा गाउन सक्छन् । उनका गायनमा फरकफरक विशेषताहरु भएका कारणले संगीतभित्रकै बहुप्रतिभा उनमा देखिन्छ ।
१० वर्षकै कलिलो उमेरमा आफ्नी ममतामयी माता गुमाएका सुमित सानैदेखि गीत र संगीत भनेपछि हुरुक्क हुन्थे । आमाको निधनपछि उनको जीवन त्यति सुखद नरहेको उनी बारम्बार दोहो¥याउँछन् । आमाको निधनको चोट अहिले पनि उनले बिर्सन सकेका छैनन् । त्यस कारण पनि उनी संगीतमा चुर्लुम्म डुब्न थालेका हुन् र आज उनी गीत–संगीतलाई नै जीवनको मूल पेशा बनाउने मार्गमा अग्रसर भइरहेका छन् । उनी आमाको सपना साकार पार्नको लागिनै संगित साधनामा लागेको बताउछन् ।
विद्यार्थी जीवनमै उनले धेरै स्टेज कार्यक्रममा कर्णप्रिय आवाजमा आफ्नो प्रस्तुति राखिसकेका थिए । सानैदेखि मन छुने गीतहरु गाउने सुमित नेपालको स्थापित गाएक हुने अभियानमा छन् । कहिले बटम ३ त कहिले सबैभन्दा धेरै भोट ल्याउदै आफ्नो नेपाल आईडल बन्ने योजनालाई निरन्तर अगाडि बढाई रहेका छन् ।
उनलाई जिताउन अहिले विश्वका ५० वढि देशमा सुमित पाठक जिताउ सहयोग समिति गठन भइसकेको सुमित पाठक जिताउ अभियानका प्रेस सहसंयोजक डिल्लीराम घोर्साइले बताउछन् । राम्रो गायकि हुदाहुदैपनि भोटकै कारण बाहिरिन नपरोस् भनेर आफुहरु यो अभियानमा लागेको उनले बताए । उनको जन्मथलो झापा सुरुङ्गामा भोटिङ्गका लागि एक सय जना तालिमप्राप्त युवाद्धारा रातभर भोटिङ्ग गर्ने प्रबन्ध मिलाइएको छ भने भोटिङ्ग क्याम्प शिविरनै समेत संचालन भएकोछ । तालिमप्राप्त युवाबाट गु्रपिङ्ग भोटिङ्ग थालिएको सुमित पाठक जिताउ अभियान झापाका संयोजक तथा कनकाई उद्योग बाणिज्य संघ झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताए । ५ सय भन्दा वढी व्यावसायीहरुले हरेक श्रृङ्खलामा नगद १ हजारका दरले भोटिङका लागि आर्थिक सहयोग गर्ने गरेको पनि उनको भनाई छ ।

अस्मिता अधिकारी
झापा जिल्लकाको लखनपुरमा जन्मिएकी अस्मिता अधिकारी काडमाण्डौ अडिसनबाट नेपाल आईडलमा छनौट भएकी हुन् । उनी गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को लागि छनौटमा परेकी हुन् । टप ४ सम्म आईपुग्नको लागि उनले धेरै मिहेनत गरेकी छिन् । कहिले बटम ३ त कहिले बेस्ट पर्फमर अफ दि डे घोषित हुँदै उनले यो स्थान सम्म आफुलाई सुरक्षित गर्न सफल भएकी हुन् ।

काठमाण्डौ युनिभर्सिटि अन्तर्गतको नेपाल मेडिकल कलेज जोरपाटीबाट बि.एस.सि नर्सिङ बिषयमा ग्राजुएट गरेकी अस्मिता गित गाएर बिरामी निको पार्ने गरेको बताउछिन् । उनीसंग रहेको यो कलाले नै आज उनलाई धेरैले चिन्न सफल भएका छन् । पारिवारीक पृष्ठभुमीमा संगीत क्षेत्रमा लागेको कोहि नभएपनी सानैदेखी संगीतप्रती उनको निकै रुचि थियो। उनी भन्छिन्, ‘सानैदेखी संगीतले मन बहकउँथ्यो, त्यसैले गाउँघरमा आयोजना हुने भजनमा म पनी सरिक हुन्थेँ ।’ गित गाउने सोख धेरैलाई हुन्छ, तर सबै यस क्षेत्रमै लाग्न सबैले प्रयास नगर्ने भएकाले सफलता हात पार्न नसक्ने उनी बताउछिन् । सानैदेखी गितसंगितमा रुचि थियो, स्कुलमा पनी राइम्स गाउन म खुब तम्सिन्थेँ । कलेज पुगेपछी पनि गाउन छोडिन । प्लस टु पढ्दा ३-४ महिना भोकल क्लास पनी लिएकी थिएँ । यसले झन सँगीत क्षेत्रप्रती रुचि बढायो र आज यहाँसम्म आएकी छु हामीसंगको कुराकानीमा उनी यसो भन्छिन् ।

’पेशाका लागी नर्स र रुचिका लागी गायिका बन्ने चाहाना बोकेकी उनलाई रुम डेकोरेसनमा पनी उत्तिकै सोख छ । अरुणा लामा, तारा देबी र नारायण गोपालका गितहरुले बिशेष मन छुने बताउने उनी आफुलाई अन्जु पन्तको फ्यान भन्न रुचाउँछिन् । हजारौँ प्रतिश्पर्धी मध्ये उत्कृष्ट ४ मा पर्न सफल अधिकारी आफ्नो सफलताको सम्पुर्ण श्रेय भने आँफुलाई सांगितिक कला प्रदान गर्ने ईश्वरलाई दिन चाहान्छीन् । उनी भन्छिन्, ‘ कसैले मिठो बोल्यो या मिठो गायो भने सबै भन्छन्, मुखमा सरस्वतीको बास छ, हो म यहाँसम्म आउनुमा सबैभन्दा ठुलो हात उनै सरस्वतीको हो जसले मलाई यो कला दिनुभयो । त्यसपछी मेरो परिवार, मेरा शुभचिन्तक, साथिभाई, आफन्त सबैको साथले आफुलाई हौसला र सफलता मिलेको उनी बताउछिन् । नेपाल आइडलको उत्कृष्ट ४ मा पुग्ने पहिलो महिला प्रतियोगि बन्न सफल अधिकारीको फ्यान फलोअर्स धेरै रहेका छन् । उनलाई नेपाल आईडल बनाउन अहिले विभिन्न अभियानको सुरु गरिएको छ ।

अध्ययनको हिसावले नर्सिङ भए पनि एक पछि आर्को गर्दै गायन क्षेत्रमा निखारिदै गेको कला र गलाले अब उनलाई यहि क्षेत्रमा स्थापित गराउन सहयोग गर्ने छ साथै अब उनले पछाडि फर्केर हेर्नु समेत पर्ने छैन । नेपाल आइडलका विभिन्न इपिसोडमा अस्मिताको प्रस्तुतिले जर्जहरुलाई आश्चर्यमा मात्र पारेको छैन, जर्जहरुले आईडल समेत भन्न भ्याएका छन् । जर्ज इन्दिरा जोशीलेत यसपालीको नेपाल आईडल फिमेल हुनु पर्छ भन्दै उनको खुलेर नै समर्थन गरेकी छन् । आर्का जर्ज न्यु बज्राचार्यले महिलाहरुको तर्फबाट उनी नेपाल आईडल भई सकेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफु नेपाल आइडलमा सिजन २ मार्फत पहिलो महिला आईडल बन्ने अभियानमा रहेकाले सबैलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।

रवी ओड
रविले धनगढी अडिसनबाट गोल्डेन टिकट जितेर नेपाल आईडलमा सहभागिता जनाउन सफल भएका हुन् । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको जेठो सन्तान हुन् । उनी सानै छदाँ उनको आमाको निधन भएको थियो । उनको पुखौली घर अक्षाम भए पनि उनका बाजे बसाईसराई गरेर कंचनपुर गएका थिए । उनको जन्म कंचनपुरमै भयो । निकै बिपन्न परिवारमा जन्मेका रवी गरिबी र अभावकै बिचनै हुर्केका थिए । उनका बाबु रोजगारीको लागि भारतमा मजदुरी गर्ने गरेका छन् । उनीहरुको आयआर्जनको मुख्य श्रोतनै बाबुले भारतमा ‘वाचम्यानको रुपमा काम गरेर कमाएको पैसानै हो ।
आफ्नो पुखौली थलो पुग्ने धेरै इच्छा भए पनि जान नसकेको उनी हामी समक्ष बताउछन् । उनको पुख्योली थलो अछाम जिल्लाको साविकको बुढाकोट गाविस हो भने हाल यो ठाउँ साँफेबगर नगरपालिकामा पर्दछ । अब आफु छिट्टै पुख्यौली थलो पुग्ने योजनामा रहेको उनी बताउछन् ।
गरिबीका कारण आफुले रोजेको बाटोमा सहज हिँड्न नसेकेका रवि केही समय भारतमा रहेका बाबुसँग काम गर्न गएका थिए । रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन् । उनी आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन् । ‘केही महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हुन्छ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ’ भनेपछि उनी नेपालमै फर्किएर पढ्न थाले । उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो उनका सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरी मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस्’ ।

उनी अहिले लोटस आइ स्कुलमा कक्षा १२ मा अध्ययनरत छन् । रविलाई संगीतको रसले त्यतिवेला नै छोइरहेको थियो जति बेला उनका हजुर बुवाले अछामी मौलिक गीतहरू गाउने गर्दथ्ये । बाजेले गाएको सुदूरपश्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाई नेपाली गीत संगीतप्रति रुचि बढेको थियो । उनी आफ्ना बाजेको प्रेरणाबाटनै गीत संगीतमा लागेको बताउछँन् । जस्तो सुकै गितलाई पनि न्याय गरेर गाउन सक्ने रबिलाई जर्जहरुले धनगढीको आईडल समेत भन्ने गरेका छन् । उनी पश्चिममा गाईने सबै गितहरुलाई न्याय गरेर गाउन सक्ने खुवी राख्दछन् । नेपाल आईडलमा आएसंगै उनले गित संगित मार्फत पुर्व पश्चिमलाई जोड्न सफल भएका छन् ।

तपाईको यो सफतला सबै भन्दा पहिले को संग बाढ्न चाहानु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् । अहिले मेरो गीत संगीतको प्रेरक बाजे र मलाइ जन्माउने आमा मसंग हुनुहुन्न । यदि उहाँसंगै भइदिएको भए यो खुसी सुरुमा उहाँहरूसंगै साट्ने थिएँ । प्रदेश ७ बाट नेपाल आइडलको स्टेजमा उभिएका अन्य सबै प्रतियोगी बाहिरिए संगै अहिले उनीमात्रै त्यस क्षेत्रबाट प्रतिस्पर्धामा छन् । गित संगित भने पछि हुरुक्कै हुने रविले करिब चार वर्ष अघिबाट धनगढीमा रहेको विभिन्न दोहोरी साँझमा गीत गाएर संगित क्षेत्रमा लागेका हुन् । उनलाई दोहोरी साँझमा गित गाउनु बाध्यता त थिदै थियो तर उनको रुचि पनि त्यसमै थियो ।

जस्तो सुकै गीत गाउन मन पराउने उनलाइ नेपाली संगीत क्षेत्रमा शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु बढी मन पर्छन् । परिबारको जेठो छोरो भएका कारण पनि उनले पारिवारीक दायित्व बहन गर्न र आर्थिक आबश्यकता पुर्ती गर्न गित गाउने पेशा अंगालेका थिए । अहिले उनलाई सोही कुराले देश विदेशमा चिनाएको छ । नेपाल आइडबाट दर्शक र श्रोताको मन जित्दै उत्कृष्ट ४ मा आउन सफल उनी यसको सम्पुर्ण श्रेय आफ्ना श्रोता, दर्शक, आफन्त, साथीभाइ लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहान्छन् । उनी हरुकै साथ र मायाले आफु यहाँसम्म आई पुगेको उनी बताउछन् उहाँहरु मेरा लागि भगवान हुनुहुन्छ, उहाँहरुकै साथ र मायाले गर्दा यहाँसम्ममा आइपुगेको हुँ उनी हामीसंगको भेटमा भन्छन्। नेपाल आइडल जितेमा सर्वप्रथम भारतमा काम गर्ने बुवालाई नेपाल फर्काउने उनको योजना रहेको छ ।

बिक्रम बराल
चितवनको भरतपुरमा जन्मिएका बिक्रम बराल नेपाल आईडल सिजन दुईमा पोखराबाट अडिसनमा सहभागि हुदै गोल्डेन माईक जितेर सिधैँ टप १२ सम्म पुन सफल प्रतियोगि हुन् । सानैदेखि गितसंगितमा रुचि भएको बताउने बिक्रम स्कुल पढ्दा देखि नै गित गाउने गर्दथ्ये गित गाएर नै उनले कयौ पुरस्कार जितिसकेका छन् । विगत २० बर्पदेखि पोखरामा बस्दै र पढ्दै आएका बिक्रमलाई चितवनमा जन्मिएपनि पोखरा जन्मथलो जस्तै लाग्छ । बाबा सन्तराम बराल र आमा सरस्वती बरालको पहिलो सन्तानको रुपमा जन्मिएका बिक्रमलाई गित संगित क्षेत्रमा लाग्नको लागि परिवारको पनि निकै साथ र सहयोग छ ।

सन् २०११ मा पोखरामा सम्पन्न भ्वाईस अफ पोखरामा सहभागिता जनाए र उनले तेस्रो स्थान हासिल गरेका थिए । त्यस बेला उनको स्वर सबैले मन पराए पनि भोटिङका कारण तेस्रो हुनु परेको तितो यथार्थ उनीसंग छ । घरको आर्थिक अवस्था मतबुझ नभएको कारण आफु पछाडि परेको उनी बताउछन् । नेपाल आईडल सिजन वानमा पनि सहभागिता जनाएका उनि मेघा राउण्ड सम्म पुगेका थिए । तर त्यति बेला उनले आफ्नै व्यस्तताका कारण अघिल्ला राउण्डमा सहभागिता जनाउन सकेनन् । बिक्रम भन्छन्, नेपाल आईडल सिजन वानको अधुरो सपना अहिले पुरा गर्न लागि परेको छु । उपाधी जित्ने आफ्नो लक्ष्य भए पनि सबै जना उत्तीकै क्षमतावान भएकाले सानोतीनो गल्तिले नि आउट भईने उनी बताउछन्।

पुराना र क्लासिकल गीतनै बढी मन पराउने बिक्रम जस्तो सुकै गितलाई पनि न्याय गरेर गाउन सक्ने उनको खुवीकै कारण अहिले उनलाई मन पराउनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । धेरै चोटी पर्फमर अफ दि डे समेत बन्न सफल बरालले तिनै जना जर्जहरु संगै अतिथि जर्जहरुको पनि मन जित्न सफल भई सकेका छन् । उनले आईडलमा प्रतियोगिको रुपमा रहदै गर्दा समेत प्रसाद फिल्मको गित समेत गाउने अबसर प्राप्त गरेका छन् ।

पोखराको भैरवटोलमा बस्दै संगीत सँगसँगै अध्ययनलाई पनि अगाडी बढाएका बरालले एक वर्षसम्म पोखराको त्रिबेणी संगीतालयमा शास्त्रीय संगीतको पनि अध्ययन गरेका छन् । कुनै बेला पोखरा लेकसाईडका विभिन्न रेष्टुरेण्टहरुमा ग्राहकको रोजाई बमोजिमका गीत गाँउदै सबैलाई खुसी पार्ने उनी अहिले नेपाल आईडल मार्फत गित आएर नेपाली र नेपाली भाषीलाई खुशी पार्न व्यस्त छन् । लेकसाईडको बारहरुमा ग्राहकलाई झुमाएका बिक्रमले अहिले एकाएक नेपाल आईडल जस्तो बिग स्टेजमा गएर दर्शक र आफ्ना प्रशंसकको मन जितिरहेका छन् । खासै धेरै साथीहरुसँग घुलमिल हुन नरुचाउने यि गायकको नेपाल आईडलको अहिले सम्मको प्रस्तुतिलाई लिएर कुनै पनि जर्जहरुले नकारात्मक कमेन्ट गरेका छैनन् । उनीसंग हरेक गित दिल देखि गाउने क्षमता छ । नेपाल आईडल आफ्नो लागि ठुलो अबसर भएको बताउने बिक्रम टप ४ बाटै आउट भएपनि राम्रो छाप छोड्ने पक्षमा रहेको बताउछन् ।

सम्बन्धित खबरहरु