विराटनगर । एक वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला गरिब नेता भनेर चिनिने लालबाबु पण्डितले साइकलमा हिडेर वाहिवाही कमाए । मन्त्री बनेपछिपनि साईकल चढेका दृष्य र तस्विर खुबै भाइरल बने । तर अहिले तिनै लालबाबु पण्डितले मासिक दुई सय लिटर इन्धन लिने गरेको खुलेको छ । उनले तलबभत्ता सचिवालय सुविधा भन्दै दुई लाख ३२ हजार ८ सय रुपैंया लिन्छन् ।

विदेशबाट चुनाव खर्च पठाएर चुनाव लडेका पण्डितको अहिले बैंकमा ५० लाखभन्दा बढि सम्पत्ति रहेको छ । मन्त्री बनेको चार महिनापछि उनले सम्पत्ति विवरण सार्वजनिक गरे । सम्पत्ति विवरण अनुसार एभरेष्ट बैंकमा २५ लाख, कृषि विकास बैंकमा ३० लाख, १० तोला सुन र १५ तोला चाँदी रहेको छ । गत कार्तिकमा आफूसँग चुनाव लड्ने पैसा समेत नभएको भन्दै उनले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेका थिए । सर्वसाधारणको खर्चबाट चुनाव जित्ने नेता भनेरपनि उनले चर्चा पाएका थिए ।

सम्बन्धित खबरहरु