काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू सांस्कृतिक विकास कोष केही रकम सहयोग गर्ने घोषणा गर्नुभयो । आज १५ औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन वसन्तुपर पुग्नुभएका ओलीले समुदायको उत्थानका लागि कार्यक्रम गर्न सरकारले आर्थिक सहयोग गर्ने घोषणा गर्दै गर्दा प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालकै घोषणाको रकम नपाएको खुल्यो । उक्त गुनासो आएपछि ओलीले तत्कालै कोषलाई १५ दिनभित्र रु २१ लाख उपलब्ध गराउने वाचा गर्नुभएको छ ।

१५ औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन वसन्तुपर पुग्नुभएका ओली समक्ष आयोजक संस्थाका अध्यक्ष मङ्गलकृष्ण सिंहले अघिल्लो पटक प्रधानमन्त्री हुँदा कोषलाई उपलब्ध गराउन घोषणा गर्नुभएको रु छ लाख रुपैयाँ अझै नपाएको गुनासो गर्नुभयो । अध्यक्षको गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले अहिले यहाँ सुन्दा अनौठो र नरमाइलो पनि लाग्यो, मैले उहिले दिउँला भनेको छ लाख अहिलेसम्म पाएको छैन भन्ने सुन्दा, पहिले मैले भनेको रु छ लाखमा १५ लाख थपेर २१ लाख १५ दिनभित्र उपलब्ध गराउनेछु, नबिर्सीकन यसपाली उपलब्ध गराउने छु । यसपटक त्यस्तो हुँदैन ।”,उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु