काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए ।

मोहन वैद्य लामो समय देखि फरक र नयाँ क्रान्तिको आवश्यक्ता भएको भन्दैं लागिपरेका छन । यो भनिएको छ कि उनको पर्टीबाट निक्लेर नेत्र विक्रम चन्द विप्लवले नयाँ पार्टीको स्थापना गरे जसले गर्दा वैद्य कमजोर हुनु परेको छ । अर्कोतिर रामबहादुर थापा बादल अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारमा शक्तिसाली मन्त्री रहेका छन ।

सम्बन्धित खबरहरु