काठमाडौँ । चीन लगायत अन्य केही मुलुकसँगको विवाद पश्चात चीनले नेपाललाई १६ वर्षपछि उच्च महत्व दिएर वार्ताको लागि आह्वान गरेको छ । अमेरिकाको यो चाललाई कत्तिले सकारात्क रुपमा लिएको भए पनि केही व्यक्तिहरुले यसलाई अमेरिकी स्वार्थसँग जोडेर हेरेका छन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे । त्यसपछि नेपाली राजनीति तथा कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ । अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ? यो प्रश्न सतहमा आएको छ ।

अमेरिका आजको दिनमा हरेक युद्धमा पराजित हुँदैं गइरहेको छ । चीनसँगको अर्थतन्त्रको टक्कर होस् वा अफगानस्तानमा भइरहेको आतंकवादको लडाई होस । उत्तर कोरियालाई तह लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आखिर किमसँग झुक्न बाध्य भए । अमेरिकी विदेश मन्त्रालयको ट्विटअनुसार उक्त मुलुकको नेपाललाई “इन्डो–प्यासिफिक” रणनीतिअन्तर्गत राखेको बुझिन्छ । ज्ञवाली र पोम्पेओको भेटमा “स्वतन्त्र, खुला, र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिका , उत्तर कोरियासहितका विश्वव्यापी मुद्दालगायतबारे छलफल गरेको” अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले अमेरिकाजस्तो शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नु राम्रो हो । तर त्यसअघि बृहत् तयारीको आवश्यकता रहेको कूटनीतिक क्षेत्रका विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक स्वार्थ गाँसिएको गठबन्धनमा नेपाललाई अमेरिकाले सामेल गर्न गराउन खोज्नु उसको सफल कूटनीतिको एउटा पाटो हो । तपाईलाई जानकारी गराउँ अफगानस्तानको मामिलामा पाकिस्तानले अमेरिकालाई सहयोग नगरेको भन्दैं वाशिङ्टनले आफुले दिने सहयोग रोक्का गरेको छ । जसको असर पुरैं पाकिस्तानभर पर्न गएको जनाइएको छ ।

सम्बन्धित खबरहरु