मुम्बई । अहिले एसियाकै धनी मुकेश अम्बानीकी छोरीको बिहेको चर्चा खुबै छ । त्यति नै चर्चा बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनकोपनि छ । उनीहरु डिसेम्बर २० मा मुम्बईमा बलिउड स्टारहरुका लागि एसियाका धनी अम्बानी समेत माथ खानेगरी भव्य रिसेप्सन आयोजना गरे भन्ने चर्चा बलिउड बजारमा छ । त्यस पार्टीमा रणवीर सिंह, दीपिका पादुकोण, कट्रिना केफ, अनुष्का शर्मा लगायतका बलिउडका सुपरस्टारहरु सहभागी भएर प्रियंका र निकलाई बधाई तथा शुभकामना दिएका छन ।

उक्त पार्टीमा केही यस्ता कलाकारहरु पनि सहभागी भए जसले सबैलाई चकित बनाइदिए जसलाई धेरैले अपेक्षा गरेका थिएनन् । उपस्थित भएका यी कलाकारमध्ये कसैसँग प्रियंका चोपडा एक समय प्रेममा थिइन् भने कोहीसँग उनको झगडा नै परेको थियो । तर यि कलाकारले विगतका सबै कुरालाई भुलेर प्रियंकाको रिसेप्सनमा सहभागी भए र शुभकामना दिनसम्म भ्याए ।

ती कलाकारमध्ये सलमान खानको नाम सबैभन्दा पहिले आउँछ । प्रियंका चोपडाले सलमान खानको फिल्म “भारत” साइन गरेर विवाहकै लागि भनेर छोडीदिएकी थिइन् । त्यसबेलादेखि नै सलमान खान र प्रियंकाबीच शीतयुद्ध चलिरहेको भ्रम सञ्चारमाध्यममा आएको थियो । यसै कारण अभिनेता सलमान खान प्रियंकाको रिसेप्सनमा सहभागी नहुने खबर पनि आइरहेको थियो । तर सलमानले ती सबै अफवाहलाई वेवास्ता गर्दै प्रियंका र निकको विवाहमा सहभागी भए र सफल दाम्पत्य जीवनको शुभकामना दिए । एजेन्सी

सम्बन्धित खबरहरु