काठमाडौँ । गुरुङ चलचित्र, नेपाली चलचित्र  तथा मोडलिङमा ब्यस्त बन्दै गरेकी पोखरेली मोडल/नायिका हुन एलिना गुरुङ ।  गुरुङ चलचित्र “रिजे नासा” बाट देश बिदेशमा समेत चर्चित बनेकी उनि पछिल्लो समय अन्य म्युजिक भिडियो र चलचित्रमा आउने कुराले पनि चर्चित बनेकी छिन । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नायिका हुन एलिना गुरुङ । उनि अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन l मोडलिङ क्षेत्र हुदै चलचित्रको नायिका बनेकी एलिनाले दर्जनौ म्युजिक भिडियोमा र बिज्ञापनहरुमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरि सकेकी छिन ।

अभिनय तथा नृत्यमा पोख्त नायिका एलिना गुरुङ सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । स्याङ्जामा जन्मेर हुर्केकी एलिना हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन l नया नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका एलिना भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउछिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने एलिना गुरुङ अभिनयमा पोख्त छिन । एलिनाले  भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि एलिना बताउछिन ।

सम्बन्धित खबरहरु