काठमाडौ । कोर वैंकिङ सिस्टमको दुरुपयोग गरी वैंकिङ कसूर गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१३ पेप्सीकोला सनसीटी बस्ने ४९ वर्षीय सञ्जय कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय बाणिज्य वैंकको मुख्य शाखा कार्यालय, विशालबजार काठमाडौंमा युएसडि खाता खोली ई–वैंकिङ, मोबाइल वैंकिङ र ई–सेवा वालेट जस्ता विधुतीय उपकरणहरुको प्रयोग गरी आफ्नो युएसडि खातामा अनाधिकृत रुपमा ७८ हजार ३ सय ८०.५० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिनको लागि एटिएम तथा पिओएस मेशिनहरु प्रयोग गर्ने कार्यमा संलग्न श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोलाबाटफेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु