काठमाडौं । गायिका मिना ढकाल सायद मनोज गजुरेलसँगको सम्बन्ध विच्छेदपश्चात नचिन्ने कमैं होलान । उनले आफुले सम्बन्ध विच्छेद भएको दिनलाई आफ्नो लागि एक स्वतन्त्रता दिवस भएको भन्दैं यसलाई एक उत्सवको रुपमा मनाउने घोषणा गरेकी छिन । गायिका ढकालले डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले डिभोर्स भएको दिनलाई उत्सवका रुपमा मनाउने भएकी हुन् । विभिन्न किसिमका अन्तर्वाता दिएर चर्चा कमाएकी उनले डिभोर्स भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गर्ने बताइकि छिन् ।

उनले फेसबुकमा लेखेकी छन् ,“स्वतन्त्रता दिवसको शुभकामना मलाई ,मलाई ब‌न्धनबाट मुक्ति दिएर नेपाल मा मात्र नभएर संसार भरिका नेपाली र नेपाली मुलका भारतीय महिला दिदि बहिनि बिच एउटा उदाहरण बनेर चिनिने मेरो लागि ठूलो अवसर हो ।” उनले थप अगाडी लेखेकी छिन, “हिजो कसैको श्रीमति हुँदा सायदै कसैले चिन्दैंन्थ्यो न कसैलाई चासो नै थियो, तर आजको नयाँ परिचय भनेको मेरो आफ्नो क्षमताको कारणले हो,यदि मेरो ठाउँमा अरु कुनै कलाकार लाई श्रीमतिले पारपाचुके गर्थे भने यति चर्चा सायदै हुँदैंन्थ्यो ।”

उनले विभिन्न सञ्चारकर्मिलाई आफुलाई बारम्बार समाचारमा मनोज गजुरेल को नाम सँग जोडेको भन्दैं आफुलाई मिना ढकालको नामले मात्रैं परिचय दिन अनुरोध गरेकी छिन । उनको यस कदमलाई लिएर अहिले सामाजिक सञ्जालमा मिश्रीत प्रतिकृयाहरु आइरहेका छन । गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मिना ढकालका एक छोरा र एक छोरी छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् ।

सम्बन्धित खबरहरु