चितवन । केही समय देखि नेपालमा चोरीका घटनाहरु उल्लेख्य मात्रामा बढ्दैं गइरहेका छन । विभिन्न समयमा गरेर नेपाल प्रहरीले १०० भन्दा धेरैं पाकेटमारहरुलाई पक्राउ गरेको छ । बसमा यात्रारत यात्रुहरुलाई पाकेट मार्दै गरेको अवस्थामा दुई महिला पक्राउ परेका छन्। बीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको बसमा यात्रारत महिलाको पाकेट मार्दा मार्दै इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले २ जना महिलालाई पक्राउ गरेको जनाएको छ ।

भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव पक्राउ परेका हुन । बसमा यात्रारत कालिका नगरपालिका वडा नं। १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जनाए ।

उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको उनले बताए । उनीहरु अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन् । पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको हो । सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकका प्रहरीहरु बसमा खटाइएको उनले बताए ।

अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिएका छन । लामो रुटका बसहरुमा महिलाहरुलाई पाकेट मार्नको लागि महिलाहरु नै सक्रिय रहने आशंका गर्दै सुरक्षा जाँच र गस्तीमा समेत प्रहरीहरु खटाइएको उनले जानकारी दिए ।

सम्बन्धित खबरहरु