काठमाडौँ । यो भन्दा पहिले चीन सरकारले नेपालको लुम्बीनमा चलाउनको लागि भनेर केही विद्युतीय बस दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा उद्घाटना गरेका बसहरु अहिले काम गरिरहेका छैंनन । चीन सरकारले सहयोग गरेका विद्युतीय बसहरु लगातार संचालनमा नआउँदा सरकारको विश्वस्नीयतामाथि प्रश्न खडा हुने देखिएको छ ।

सरकारले काठमाडौँ उपत्यकाका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित खबरहरु