काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए । लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका गीत चर्चित छन् ।

सम्बन्धित खबरहरु