न्यूयोर्क । शाररिक सुन्दरता महिलाहरुका लागि विशेष मान्ने गरिन्छ । हरेक महिला सुन्दर देखिन चाहन्छन् तर कहिलेकाहीँ उनीहरुको लागि त्यही सुन्दरता नै समस्या बनिदिन्छ ।

न्यूयोर्ककी सेरमिन केन्टम्यान ( sherie.kentmen ) जो शेरी नामले चर्चित छिन्, उनलाई पनि यस्तै समस्या भएको छ । ९ वर्षसम्म न्यूयोर्क पुलिस डिपार्टमेन्टमा पुलिस अफिसर रहेकी शेरीको सुन्दरताका फ्यान थुप्रै छन् ।

शेरीको सुन्दरतामा मानिसहरु यतिसम्म पागल छन् कि उनको हातबाट पक्राउ पर्नको लागि जानीजानी अपराध गर्न थाल्छन् । यो सबैबाट हैरान भएपछि शेरीले अहिले जागिर नै छोड्नु परेको जनाइएको छ ।

अहिले २७ वर्षकी शेरी ९ वर्ष पहिले न्यूयोर्कको मेट पुलिस डिपार्टमेटमा भर्ती भएकी थिइन् । जागिर चल्दै गयो यही बीचमा शेरीले सामाजिक संजालमा आफ्नो फिटनेस र वर्क आउटका फोटोहरु पोस्ट गर्न थालिन् ।

उनको सुन्दरता देखेर मानिसहरु विश्वास गर्न सक्दैनथे कि उनी पुलिस अफिसर हुन् । मानिसहरु उनलाई मोडल सम्झिन्थे । शेरीको सुन्दरता देखेर धेरै एड र मोडलिङ एजेन्सीले उनीसँग सम्पर्क गरे ।

उनले धेरै अफर आउन थालेपछि बल्ल आफूमा भएको खास गुणबारे थाहा पाइन् । अहिले शेरीले पुलिसको जागिर छोडेर मोडलिङ गर्न लागेकी छिन् । एजेन्सी

 

सम्बन्धित खबरहरु