काठमाडौं । यौन सम्बन्ध राख्नु एक अत्ति सामान्य प्रक्रिया हो । नेपाली समाजमा अहिले पनि यौनलाई संकुचित रुपमा ब्याख्या गर्ने गरिएको छ तर यसलाई लज्जासपद भन्दा पनि ज्ञान र शिक्षाको रुपमा ग्रहण गर्न सक्ने हो भने राम्रो हुन्छ । यौन सम्बन्धले मानव जीवनमा त्यो बेला धेरैं असर गर्दछ जब उ विवाह बन्धनमा बाँधिन पुग्छ । मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ ।

मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । आज हामी यस्ता केही खानेकुराहरुका बारेमा तपाईलाई जानकारी दिन गइरहेका छौं ।

  • गाजरः गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।
  • पालुङगोः पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।
  • भिन्डीः भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।
  • प्याजः प्याजको नियमित सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।
  • ब्रोकाउलीः यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
  • लसुनः लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।
  • गोलभेँडाः गोलभेँडाले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । गोलभेँडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ ।
  • गान्टेमूलाः यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । एजेन्सी

सम्बन्धित खबरहरु