काठमाडौ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४४ औ दीक्षान्त समारोह आयोजना गरिएको छ । ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको खेलकूद मैदानमा आयोजित दीक्षान्त समारोहमा नौ हजार ५०४ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गरेका छन् । समारोहमा जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा समेत सहभागि रहेका थिए ।

समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो । हेरौ तस्विरहरु

सम्बन्धित खबरहरु