एजेन्सी । भनिएको छ की दुई पांग्रे विज्ञानको गलत आबिष्कार हो । आविष्कारकर्तापनि यो बनेपछि आएको भयावह स्थितीलाई देखेर पछुताएका छन् । दुई पांग्रे सवारीमा अति नै ख्याल पुर्याईएन भने जेपनि हुन सक्छ । यसैले आज हामी सबैका लागि अति जरुरी जानकारी प्रस्तुत गर्दैछौ । आजकल बढ्दो जाम, समय अभाव, सोख आदि कारणले गर्दा मोटरसाईकल मानिसको आधारभुत आवश्यकता जस्तै भएको छ । तर नियम पुर्वक नचलाउदा, वा राम्ररी चलाउन नजान्दा यो साधन हजारौं मानिसको काल बन्न समेत पुगेको हामि सबैलाई थाहा नै छ । हरेक दिन मोटरसाईकल दुघैटनाका समाचारहरु संचार माध्यमबाट सुन्नमा आईरहेका नै हुन्छन ।हामिले केहि साधारण उपायहरु मात्र अपनाउन सकेको खण्डमा दुर्घटना कम गर्न सकिन्छ । केहि उपायहरु यस प्रकार रहेका छन ।

  • नजिकैको पसबाट सामान ल्याउने बाहानामा होस वा कतै पुऱ्याउन ससाना छोराछोरीलाई धेरै मानिसहरुले साधन दिएको पाईन्छ । लाईसन्स नभएका छोराछोरीलाई बाईक, स्कुटर चलाउन नदिनुहोस ।
  • बाईक वा स्कुटर चलाउनु पुर्व हमेसा ब्रेक,क्लच, फ्युल, एक्सिलेटर आदि ठिक भएको नभएको सामान्य जांच्नुहोस ।
  • हमेसा हेलमेट लगाएर मात्र बाईक, स्कुटर चलाउनुहोस ।
  • बाईक वा स्कुटर चलाउन सुरु गर्नुभन्दा पहिला स्टेण्ड अवश्य चेक गर्नुहोस ।
  • ट्राफिक नियमहरु, संकेत तथा चिन्हहरुको बारेमा ज्ञान राख्नुहोस ।
  • जेब्रा क्रसिङ्ग मा अनुशासित भइ पैदल यात्रु लाई जान दिनुहोस । जेब्रा क्रसिङ्ग नभएको स्थानमा, यदि पैदल यात्रु वा अन्य केहि भए उनिहरुलाई पहिला जान दिनुस ।
  • आफ्नो बाईक भन्दा सानो सिसिको बाईक वा स्कुटरले जितेमा वा अगाडि भएमा त्यसलाई जित्नैपर्छ भन्ने भावना नराख्नुहोस । सार्बजनिक सडकमा प्रतिस्प्रधा नगर्नुहोस ।
  • भिडभाडमा गति नियन्त्रण गर्नुहोस ।
  • लेन अनुशासनको पालन गर्नुहोस । आफ्नो लेनमा मात्र चलाउनुहोस ।
  • बांयातर्फबाट ओभरटेक नगर्नुहोस, हमेसा दांयाबाट मात्र ओभरटेक गर्नुहोस । साथै मोडबाटो, अगाडि सवारी आईरहेको छ छैन् हेरेर मात्र ओभरटेक गर्नुहोस ।
  • पछाडिबाट हतारमा आईरहेका साधनले पास मागेमा अघि जान दिनुहोस । जस्तै सार्बजनिक यातायात, एम्बुलेन्स, दमकल, प्रहरी, सेना तथा अन्य आपतकालिन साधनहरु ।
  • मोड्दा ईन्डिकेटर को प्रयोग गर्नुहोस । साथै आवश्यकता अनुसार हर्नको प्रयोग गर्नुहोस ।
  • बाईक, स्कुटर सिक्नको लागी मेन सडकको प्रयोग नगर्नुहोस ।
  • टाढाको दुरीमा जांदा सकभर बाईक, स्कुटरको प्रयोग नगर्नुहोस । जानैपरे विचविचमा आराम गर्दै, साधन चेक गर्दै जानुहोस । साथै टाढाको यात्रामा आवश्यक औजार पम्प, ईन्धन, मेकानिकको सम्पर्क आदि साथमा राख्नुहोस ।
  • बाईक, स्कुटर चलाउंदा मोबायल, हेडफोन, इएरफोन को प्रयोग नगर्नुहोस ।
  • ओरालो बाटोमा ईन्धन खपत गर्ने लोभको कारण न्युटल मा चलाउने को संख्या धेरै हुन्छ । तर ओरालोमा न्युटल मा कहिल्यै पनी नचलाउने ।

सम्बन्धित खबरहरु