काठमाडौ । यो वर्षको मिस नेपाल तथा विश्व सुन्दरीको यात्रामा विश्वलाई तहल्का मच्याएकी सुन्दरी श्रृंखला खतिवडालाई राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले सो कुराको पुष्टि गरेका छन् । सिम नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने जोशीले बताए । बैंकले भोलि दिउँसो २।३० बजे पत्रकार सम्मेलन राखेको छ। मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी शृंखला टप १२ मा पुगेकी थिइन।

को हुन् शृंखला खतिवडा ?

२३ वर्षकी शृंखला खतिवडा मकवानपुर जिल्लाको हेटौडामा जन्मेकी हुन् । राजनीतिक पृष्टभूमि भएको परिवारमा जन्मेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् । उनको बुवा विरोध खतिवडा नेकपाका नेता हुन् । जो मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्य पनि हुन् ।

त्यस्तै उनकी आमा मुनु सिग्देल भने नेकपा मकवानपुर जिल्ला कमिटिको अध्यक्ष हुन् र पदेशसभाकी सदस्य पनि हुन् । ५ फिट ७ इन्च उचाई भएकी उनी मिस नेपाल २०१८ मा २५ प्रतियोगीमध्ये प्रमुख निर्णायकले सोधेको समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस नेपालको ताज जितेकीथिइन् । चीनमा उनले अरु देशबाट आएका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न लगाउने, नेपाली गीत गाउन सिकाउने जस्ता रमाइला कार्य गरेर सामाजिक संजालमा भिडियो सेयर गरिरहेकी थिइन् । तर उनी विश्व सुन्दरीका टप १२ स्थानमा पुगेर बाहिरिइन् ।

सम्बन्धित खबरहरु