काठमाडौं । चलचित्र क्षेत्र एक सम्भावनाको क्षेत्र हो । साल २०१८ बलिउडका तीन खानका लागि सुखद बन्न नसके पनि बक्सअफिसमा केही निकै विशेष र यस्ता फिल्म हिट साबित भए जसको कसैलाई विश्वास नै थिएन । २०१८ लाई विदा गरेर २०१९ लाई स्वागत गर्न बलिउड तयार हुँदै गर्दा यस वर्ष सुपरहिट भएका फिल्मको विषयमा आज हामी चर्चा गर्दैछौं । बक्सअफिसमा हिट भएको फिल्मको मात्र होइन, जसको कहानी, अभिनय र विजनेस सबै सानदार रह्यो । यो लिस्टमा सबैभन्दा लेटेस्ट फिल्म रजनीकान्त र अक्षय कुमारको फिल्म '२.०' हो । फिल्मको कहानीले दर्शकलाई अलग दुनियाँमा पुर्‍याएको थियो ।

आम जिन्दगीमा हामी जुन फोनको प्रयोग गर्छौँ त्यसले वास्तवमा हाम्रो लागि मात्र होइन पर्यावरण र जीवजन्तुमाथि पनि गहन प्रभाव छाड्छ भन्ने सन्देश फिल्मले प्रवाह गरेको थियो । फिल्ममा प्रयोग गरिएको भिएफएक्स इफ्फेक्ट्स पनि दर्शकले निकै रुचाएका थिए । तामिल भाषामा निर्माण भएको फिल्मले हिन्दी डबमा नै १८८ करोड बढी कमाई गरेको छ । अझै पनि फिल्मको कमाई जारी छ । यो सानदार कमाईसँगै उक्त फिल्म साल २०१८ को सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा तेस्रो स्थानमा छ । फिल्मलाई निर्देशक एस शंकरले निर्देशन गरेका हुन् ।

आयुष्मान खुरानाको फिल्म 'बधाई हो' हिट हुन्छ भन्ने सायद यसका निर्मातारनिर्देशकलाई पनि विश्वास थिएन । फिल्मको 'कन्टेन्ट' लाई दर्शकले अत्याधिक रुचाएका थिए । फिल्मले बक्सअफिसमा पनि धूम मच्चाएको थियो । २९ करोडमा बनेको फिल्मले १३६ करोड कमाउन सफल भयो । यसका निर्देशक अमित शर्मा हुन् । फिल्ममा आयुष्मान खुरानाका अलावा एक्ट्रेस नीना गुप्ता र एक्टर गजराज महत्वपूर्ण भूमिकामा थिए ।

नीना गुप्ताको दुई जवान छोरा छन् र यस्तैमा उनी गर्भवती हुन्छिन् । यो अक्वर्ड मूमेन्टमा कसरी आयुष्मान खुरानाको परिवारले समाजको सामना गर्छ, फिल्मको कहानी यसमा आधारित छ । राजकुमार राव र श्रद्धा कपूरको फिल्म 'स्त्री' ले पनि बक्सअफिसमा अपेक्षा गरेभन्दा राम्रो कमाई गर्‍यो र वर्षको सबैभन्दा ठूलो हिट फिल्ममा सामेल भयो । फिल्मले बक्सअफिसमा १२९ करोडभन्दा बढी कमाई गर्न सफल भएको छ । फिल्ममा पंकज त्रिपाठी र अपारशक्ति खुराना पनि प्रमुख भूमिकामा थिए । यसका निर्देशक अमर कौशिक हुन् ।

रणबीर कपूर स्टारर फिल्म 'सञ्जु' यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्मको लिस्टमा पहिलो स्थानमा छ । फिल्मले बक्सअफिसमा रेकर्डतोड कमाई गरेको थियो । फिल्मले घरेलु बजारबाट कुल ३४० करोड कमाएको छ । अभिनेता सञ्जय दत्तको बायोपिक फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । आलिया भट्टको 'राजी' पनि दर्शकलाई निकै मन परेको फिल्म हो । फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । यो फिल्मले भारतबाट मात्र कुल १२३ करोड कलेक्सन गरेको थियो । फिल्ममा आलियाको साथ विक्की कौशल, सोनी राजदान जस्ता कयौं कलाकारको अभिनय थियो ।

फिल्म 'राजी' को कहानी एक भारतीय जासुसको जिन्दगीमा आधारित थियो । फिल्ममा जासुसको भूमिका आलियाले निभाएकी थिइन्, जसको अथक प्रयासले भारतको १९७१ को लडाईमा ठूलो जीत हासिल गर्न मद्दत मिलेको थियो । फिल्मलाई मेघना गुलजारले निर्देशन गरेका थिए । टाइगर श्राफको फिल्म 'बागी २' ले पनि बक्सअफिसमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको थियो । फिल्मले भारतीय बक्सअफिसमा १६५ करोडभन्दा बढी कमाई गर्न सफल भएको थियो । यो कमाईसँगै उक्त फिल्म सालको सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा पाँचौ स्थानमा छ ।

फिल्मलाई निर्देशक अहमद खानले निर्देशन गरेका थिए । फिल्ममा टाइगरलाई जबरजस्त एक्सन अवतारमा उतारिएको थियो । रणदीप हुड्डा, दिशा पाटनी र मनोज वाजपेयी जस्ता कयौं कलाकार फिल्ममा थिए । कार्तिक आर्यनलाई 'सोन' के टीटू की स्वीटीु ले सुपरस्टार बनाइदिएको छ । यो फिल्मलाई दर्शकले यति मन पराउँछन् भन्ने विश्वास स्वयं निर्मातारनिर्देशकलाई नै थिएन । फिल्मले बक्सअफिसमा १०८ करोडभन्दा बढी कमाई गरेको थियो । लभ रञ्जनले निर्देशन गरेको फिल्ममा कार्तिकका साथ नुसरत भरूचा र सनी पनि प्रमुख भूमिकामा थिए ।

रिलिजपूर्व दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूरको फिल्म 'पद्मावत' लाई लिएर निकै विवाद भएको थियो । फिल्मलाई लिएर जति विवाद भएको थियो, फिल्मले बक्सअफिसमा त्यति नै कमाल देखाएको थियो । संजय लीला भंसाली निर्देशित यो फिल्मले बक्सअफिसमा ३ सय करोड कमाएको थियो । आफ्नो यो धमाकेदार कमाईसँगै फिल्म 'पद्मावत' साल २०१८ को सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा दोस्रो स्थानमा छ । फिल्ममा दीपिकाकाको अलावा रणवीर सिंहको अभिनयको निकै प्रशंसा भएको थियो । शाहिदले भने खासै जस पाएनन् । एजेन्सी

सम्बन्धित खबरहरु