काठमाडौ । विकसित सहरहरुमा युवतीहरुले धन भएका बयस्क पुरुषहरुसँगको सम्बन्धमा रमाउने र किशोरहरु धन भएकी अधवैशे युवतीहरुसँग रोमान्स गर्ने ट्रेण्ड विकास हुँदै गएको छ । नयाँ–नयाँ रोमान्सका श्रृङखलाहरु बिकसित हुँदै गएका छन् ।

यस्तै कथाको संकेत गरेको छ चलचित्र ‘चौका दाउ’ले । यही २७ गतेदेखि प्रर्दशनमा आउन लागेको यो चलचित्रको ट्रिजरकै कारण अहिले चर्चा चुलिएको छ । सौर्य प्रोडक्शनको प्रस्तुति रहेको यो चलचित्रलाई मनोजराज भण्डारी र सौर्यजीत बास्कोटाले मिलेर बनाएका छन् ।

चलचित्रमा नायिका बर्षा राउत मुख्य भूमिकामा छिन् । उनको जोडीको रुपमा ‘ए मेरो हजुर २’का सह–अभिनेता अजस्र ढुंगानालाई पर्दामा देख्न सकिन्छ । चलचित्रमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको एक्सन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत छ ।

चलचित्रको ट्रिजर हेर्दा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाहलाई गोजीमा दाम भएका बयस्क पुरुषको रुपमा उभ्याईएको छ । उनीहरु कलिली युवतीको मोहजालमा फसेका हुन्छन् । नायिका बर्षा राउत ती ४ पुरुषसँगै रोमान्समा देखिन्छिन् र आफ्ना सबै भौतिक आवश्यकता धनी पुरुषहरुबाट पुरा गर्छिन् ।

उनी रोमान्स गर्दै उमेर ढल्किएका धनी पुरुषहरुको सपिङमा व्यस्त देखिन्छिन् । तर गहिरो प्रेममा भने आफ्नो उमेर सुहाउँदो युवकसँग हुन्छिन् । यही संकेत गरिएको रोमाञ्चक कथा र हास्य रस सहितको यो चलचित्र चाँडै हलमा देख्न पाईनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु