काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली टेलिभिजन क्षेत्रमा रवि लामिछाने चर्चित अनुहार हो । न्युज २४ मार्फत सिधा कुरा जनतासँग कार्यक्रमबाट चर्चामा आएका सञ्चारकर्मी रवि लामिछानेले आफ्नो डिभोर्स भएको खुलासा गरेका छन् । उनले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् ।

रविले आफूले २४ वर्षअघि नै ईशासँग विवाह गरेको र अहिले सम्बन्ध विच्छेद भएको बताएका छन् । उनले भनेका छन्, मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’ रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् ।

लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् । साथैं रवि लामिछानेले आफ्नो विदेशी मूलकी एक प्रेमिकासमेत भएको खुलासा गरेका छन् । विदेशी मूलकी प्रेमिकासँग आफ्नो एक सन्तानसमेत भएको बताउँदै रविले अहिले उनीसँग पनि छुट्टिएको जानकारी दिएका छन् । यस्तो छ उनको फेसबुक स्टाटसः

श्रीमान, म जीउँदै छु...
नचाँहदा नचाँहदै पनि आफ्नो व्यक्तिगत कुरा गर्नु पर्यो । मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास विफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ । लामो समय सम्म वैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैंवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु । मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने मेरा साथीहरुलाई मैले पहिला पनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा । मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिस पनि होइन ।

मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेद पनि भैसकेको छ । बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सँग सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न । लगभग २४ वर्ष अघि भएको विवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जान्दिन ।

कसै कसैले 'रबिको कर्तुत' वा 'रबिको असलीरुप' जस्ता शीर्षक 'रेडि टु पब्लिस' अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु । अमेरिका मैं छदा म परिवार भन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सँग पनि बसेको थिए । ६र७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न । मलाई त व्यक्तिगत बिषयमा एक शब्द पनि बोल्न मन थिएन ।

सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी हुनेछ । हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन । मान्छे दुनियाँसँग लड्न सक्छ तर आफन्त सङ सक्दैन । अमेरिका मैं रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ। कारण र घट्ना एउटा होइन अनेक छ्न । जति छ्न ती अत्यन्तै लाज मर्दा छन । ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तान पनि छ ।

यत्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन । तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो । हाम्रो सम्बब्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र ? तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो विवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन !

ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन व्यवसायिहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले भन्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्च पनि तपाईं कै जिम्मामा लगाईएको छ । अब तपाईं सङ के बाकी छ त ? मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु !

कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए । बिहानै देखि केही पत्रकारहरुको फोन आउन सुरु भएको छ । उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ । के जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र ? अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ ।

पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो । बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए । माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,मैले बुझ्न सकिरहेको छैन ।

अब म सँग बाकी रहेको थोरै नाम र इज्जत छ । त्यसमा पनि आँखा लागेछ, त्यसैले आज त्यो पनि दिन चाहन्छु । मेरो ूनकाबू उतार्न र आफ्ना कर्तुतहरु सार्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु । मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला । यति मै मेरा कर्तुतहरु सकिदैनन, बाँकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला ।

दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भयो ? मैले बुझिन,

अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अगाडी बढ्न चाहन्छु । कसैमाथी अन्याय नगरी म आफू माथी पनि न्याय गर्न चाहन्छु । म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८स्४५ मा न्युज २४ टेलिभिजनमा प्रत्यक्ष आउछु । भोलि राति पनि आउदैछु । सदा झै उहीँ जोश, उहीँ उमंगका साथ । श्रीमान, म जीउँदै छु ।

सम्बन्धित खबरहरु