काठमाडौं । हामीले हाम्रो गाउँघरमा पाइने खानेकुरालाई वेवास्ता गर्छौ किनभने हामीलाई त्यसको महत्व थाहा हुँदैन । आज हामी काँचो केराको बारेमा कुरा गरिरहेका छौं । पाकेको केरा खाँदा हाम्रो शरिरलाई फाइदा त हुन्छ नैं त्यो भन्दा ठुलो फाइदा भने काँचो केरा खानुमा रहेको खुल्न आएको छ । आउँनुहोस् जानौं काँचो केराको कमालहरु....

  • तौल घटाउन सहयोगी : तौल घटाउन चाहनेहरूले दैनिक एक कोसा काँचो केरा खानु राम्रो हुन्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । जसले अनावश्यक बोसोलाई हटाई शरीरमा भएको बिकारयुक्त पदार्थलाई पनि सफा गर्छ ।
  • कब्जियतमा आराम : काँचो केरामा फाइबर र स्वास्थवर्धक स्टर्च पाइन्छ । जसले आन्द्रामा कुनै पनि प्रकारको विकारयुक्त पदार्थलाई जम्मा हुन दिदैँन । त्यसैले कब्जियतको समस्या भए काँचो केरा खानु लाभदायक हुन्छ ।
  • भोक लाग्न दिदैँन : काँचो केरामा पाईने फाइबर र अन्य पोषक तत्वले भोकलाई नियन्त्रण गर्छ । काँचो केरा खानाले बेला–बेलामा लागि रहने भोक हराएर जान्छ ।
  • मधुमेहलाई नियन्त्रण गर्छ : मधुमेहको शुरुवाती क्रममा नै काँचो केरा खान थाल्नु भयो भने मधुमेह नियन्त्रणमा रहन्छ ।
  • पाचन पक्रियालाई राम्रो बनाउँछ : काँचो केरा नियमित खानाले पाचन पक्रिया राम्रो बन्छ । काँचो केरा खानाले पाचन प्रक्रियामा सहभागि पाचनझोललाई सक्रिय बनाइराख्छ ।
  • यसबाहेक काँचो केरा खानाले अनेक प्रकारका क्यान्सरबाट पनि बचाउनमा सहयोगी हुन्छ । काँचो केरामा पाइने क्याल्शियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्छ । एजेन्सी

सम्बन्धित खबरहरु