काठमाडौँ । पछिल्ला दिनहरुमा एकदम चर्चामा रहनेका टेलिभिजन पत्रकार रवि लामिछानेले तेस्रो विवाहको लागि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको विषय अहिले चर्चामा रहेको छ । रविको पक्ष र विपक्षमा हजारौँ तर्कहरू सिर्जना भएका छन । रविकै समर्थकहरू पक्ष र विपक्षामा बाँडिएका छन । कतिपय आलोचनात्मक सुझाव दिएका छन भने कतिपयले रविले जे गरेपनि त्यसलाई राम्रो मान्नुपर्ने भन्दै तर्क पेश गरेका छन । उनले फेसबुक मार्फत लामो स्टाटस राख्दैं आफ्नो सम्बन्ध विच्छेदको कुरा बाहिर ल्याएपछि यो कुरा सतहमा आएको हो । उनले आफुले जवानीमा गल्ती गरेको भन्दैं त्यसबाट पाठ सिकेर अगाडी बढेको जनाउँदैं आएका छन ।

रवि आफैँले पनि आफ्नो सम्बन्धका बारेमा केही विषय सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजिनक गरेका छन । उनले आफैँले फेसबुकमा पनि लेखेका छन कि अबैध सम्बन्धका कारण मेरो छोरा पनि जन्मिएको थियो । उनले सम्बन्धबिच्छेद गरेकी जेठी श्रीमति इशा लामिछानेका अनुसार एकजना अमेरीकी महिला लैला सर्जादसँगको अबैध सम्बन्धबाट रविको एउटा छोरा जन्मिएको थियो । त्यो सम्बन्धका कारण रवि र इशाको सम्बन्धमा समस्या सुरू भएको उनको सम्झना छ ।

रवि आफैँले फेसबुकमा लेखेको स्टाटस र उनले अनलाइनखबर डटकमसँग गरेको कुराकानी अनुसार पनि रविको जीवनको सबैभन्दा ठूलो तनाव नै त्यही बनेको देखिन्छ । परस्त्रीसँग रमाउने बानी परेपछि रवि र इशाको सम्बन्धको दूरी बढेको र त्यही तनावका कारण रवि नेपाल आएको बुझिएको छ । टेलिभिजन पत्रकारितामा आफ्नो छुट्टै पहिचान स्थापित गरेका रविलेले तेस्रो बिबाहका लागि आफूले तयारी गरेपछि पहिलो श्रीमतिसँग छोडपत्र मागेका थिए । इशाले छोडपत्रका निम्ति सुरूमा इन्कार गरेपनि गत मंसिरमा भने नेपाल आएर रविसँगको सम्बन्धलाई औपचारिक रूपमा अन्त्य गरिन ।

श्रीमतिका रूपमा रविबाट पाएको दुःख प्रकट गर्न नेपालमा उपयुक्त वातावरण नभेटेपछि इशाले अमेरिका फर्किएपछि आमसञ्चार माध्यमबाट आफ्ना पीडा पोख्ने कोशिश गरेकी देखिन्छ । अमेरिकामा बिबाह नै नगरी सन्तान जन्माउनुलाई समान्य माने पनि नेपालमा भने कानुनले दण्डनीय मान्छ । २५ बर्षअघि रवि र ईशाको बिहे भएको थियो । जुन रविको पहिलो बिबाह थियो । रवि र इशाकाको सम्बन्धबाट जन्मिएका २३ बर्ष र १५ बर्षका दुईवटी छोरी ईशासंगै छन् । छोरीहरूसँगै बसेकी इशाले विभिन्न मान्छेहरू लगाएर दबाब दिएर आफूलाई सम्बन्ध विच्छेदको विन्दुमा पुर्याएको बताएकी छिन ।

रविले इशाको जस्तै अन्यायमा परेका महिलाहरुलाई टेलीभिजनको स्किृनमा बसेर अन्याय गर्नेलाई लाईभ स्ट्रीमिड्डमा ल्याएर, झपारेर, थर्काएर, धम्काएर भएपनी माफी मगाएका छन्, कारबाही दिलाएका छन् । रुदैँ स्टुडीयो पसेका महिलालाई न्याय टप्प थमाईदिएका छन् । तर आफ्नै श्रीमतिलाई भने पीडा दिएको इशाले बताएकी छिन । हुन त रविले पनि श्रीमतिका कारण आफूले धेरै दुःख र हण्डर खेपेको बताएका छन । रविले आफू पछिल्लो समय एक्लो हुँदा पीडा महशुष गरेकाले निकिता पौडेलसँग बिबाहको तयारी गरेका छन ।

सम्बन्धित खबरहरु