काठमाडौँ । नेपालले भारतीय नोटबन्दी देखि लिएर भारतलाई लगातार चुनौंति दिईरहेको छ । भारतीय औंषधि गुणस्तरहिन भएको ब्याख्या भइरहेको बेला सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याएको छ । यो सँगैं भारतबाट नेपाली बजारमा आउँने औंषधि रोकिन पुगेको जनाइएको छ ।

औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागमा सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ । यस अघि पनि नेपालले भारतलाई पटकपटक यस्ता निर्णय गरेर चुनौंति दिइरहेको छ । यो सँगैं नेपाल भारत बिच हुने गरेको औंषधि व्यापारमा गिरावट आउँन सक्नेछ ।

सम्बन्धित खबरहरु