काठमाडौं । लामो समय देखि चर्चामा रहेको वाइडबडी विमान काण्डलाई लिएर आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नयाँ बयान दिएका छन । सोमबार बिहान मन्त्रालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन् । उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका हुन ।

मन्त्री अधिकारीले भने,“मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ,” उनले भने, “मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो।” निगमका वाइडबडी खरिदका सम्बन्धी प्रकृया २०७१/७२ बाटै सुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट बिनियोजन हुँदै आएको उनले बताए ।

उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रकृया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रकृयामा आफूले निरन्तरता दिएको बताउँदैं नेपाल वायु सेवा निगमको भविष्य उज्वल रहेको टिप्पणी समेत्त गरेका छन । आफूले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनको जिकिर छ । उनले निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको पनि दाबी गरे । साथै उनले वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नहरुको निश्पक्ष छानविन गर्न आफ्नो सक्दो सहयोग रहने जनाएका छन ।

सम्बन्धित खबरहरु