मुम्बई । बलिउड बादशाहको नामले चर्चित अभिनेता शाहरुख खानका पछिल्ला चलचित्रहरु लगातार ओरालो लाग्न थालेका छन । २०१९ को सुरुवातमै अर्को फिल्मको तयारीमा लागिसकेका छन् । शाहरुख खानले फिल्म “सेल्यूट” को छायांकनको काम छिट्टै नै सुरु गर्न लागेका छन् । खबरहरुका अनुसार यस फिल्मको मुख्य अभिनेत्री करीना कपूर खान हुने बताइएको थियो । तर अहिले अभिनेत्री करीना कपूर खानलाई यस फिल्मबाट आउट गरिएको छ ।

साथै करीनालाई अभिनेत्री फातिमा सना शेखले रिप्लेस गर्न सक्ने बताइएको छ । यस खबरले अभिनेत्री करीना कपूर खानलाई झट्का लाग्नसक्ने पनि बताइएको छ । फिल्म “सेल्यूट” का निर्माताहरु करीनाको स्थानमा आमिर खानकी रिल लाइफ छोरी फातिमा सना शेखलाई कास्ट गर्न चाहिरहेका छन् । मुख्य अभिनेत्रीको खोजीमा रहेका निर्माताहरु यतिबेला यस फिल्मका लागि फातिमासँग कुराकानी गरिरहेका छन् ।

केही दिन अघि मात्रै शाहरुख खानले आमिर खानको सहयोगका कारण आफुले राम्रो फिल्ममा काम गर्ने अवसर पाएको भन्दै आमिरलाई धन्यवाद दिएका थिए । यसैकारण अभिनेत्री फातिमा सना शेख यस फिल्ममा मुख्य अभिनेत्रीको रुपमा राख्न आमिरको हात हुन सक्ने बताइएको छ । फिल्म “सेल्यूट”को छायांकनको लागि मुम्बईको फिल्म सिटीमा सेट निर्माणको तयारी समेत भइरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु