काठमाडौं । लामो समय विवादास्पद बनेको नेपाल टेलिकममा खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो ।

समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् । अधिकारी नेपाल टेलिकमको दशौं तहमा कार्यरत थिए । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको जानकारी दिइन ।

सम्बन्धित खबरहरु