काठमाडौं । आज संसारमा मानवता हराईरहेको देखिन्छ । हत्या हिंसा बलात्कार जस्ता कुराहरुबाट मानव बाहिर आउँन सकेको छैंन । कहिलेकाँही तपाईले सुन्नु भएको होला मान्छे भन्दा त पशु दयालु हुन्छन । यो कुरा यर्थातमा पनि लागु हुने गरेको छ हामीले घरमा गाईभैंसी पाल्छौं वा खशी बोका पाल्छौं, पाल्नुको केही न केही स्वार्थ हुन्छन ।

मान्छेले जनावार यसकारण पाल्छ दुध पिउनको लागि वा मासुको लागि पाल्ने गरिन्छ । यो कुरा त मानिसको भयो उसले जनवारमाथि केही स्वार्थ देखेको हुन्छ त्यसकारण पालेर राख्छ । यदी यसो नहुने हो भने पनि हाम्रो वातावरणमा वातावरणिय चक्रमाथि असर पर्ने गर्दछ । अब हामीले जानकारी दिन चाहेको कुरा के हो भने एउटा गाईले कुकुरको छाउराहरुलाई किन दुध पिलाउछ ?

सायद यसको जवाफ सरल छैन,हो यो कुरा तपाईलाई पत्याउन अलिक अफट्यारो पनि लागेको होला तर अच्चम नमान्नुहोस् यो सत्य हो । सामाजिक सञ्जालमा एकदमैं भाइरल बन्दैं गरेको २० सकेन्डको भिडियोले तपाईलाई यो सोच्न बाँध्य गराउँनेछ कि हामी जनवारको हत्या किन गर्छौ ? यस भिडियोमा देखिएका छाउराहरुको आमालाई कुनैं मानिसद्धारा नैं हत्या गरिएको भनिएको छ । आमाको मृत्यु पश्चात यि छाउराहरुले गाईको दुध पिएर बाँचिरहेका छन ।

सम्बन्धित खबरहरु