काठमाडौं । विवाहपश्चात महिलाले आफ्नो शरिरलाई व्यवस्थापन गर्न सक्दैंनन भन्ने आरोप लाग्ने गर्दछ । तर वास्तवमा गर्भावस्थामा बढेको तौल घटाउनु कुनै पनि महिलाको लागि चुनौतीपुर्ण हुन्छ । सुत्केरी भएपछि खानपानमा ध्यान नदिदा तौल बढ्ने गर्छ ।

तौंल बढ्दैं गएमा महिलाको सौंन्दर्यतामा कमि आउँने आँकलन हुने गर्दछ । तर गर्भवस्थामा आमा बनेका महिलाहरुका लागि तौंल कम गर्न एकदमैं सजिलो हुन्छ । सुतकेरीमा बढेको तौल कसरी घटाउँने त यस्ता छन् केही टिप्स...

शिशुलाई स्तनपान नियमित गराउनेः शिशुलाई नियमित स्तनपान गराए सुत्केरीको तौल चाँडै कम हुन्छ । स्तनपान गराउँदा शरीरमा ३ देखि ५ सय सम्म क्यालोरी खर्च हुन्छ ।

क्लिनिकल न्यूट्रिसनको अमेरिकन जर्नलमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार स्तनपानले महिलामा सुत्केरीपछिको अतिरिक्त तौल कम गर्न मद्दत गर्छ ।

हिँडडुल गर्नेः आमा बनिसकेपछि तौल कम गर्न चाहनु हुन्छ भने नियमित हिँडडुल गर्ने बानी बसाल्नुहोस् ।

अमेरिकी जर्नल मक्नमा प्रकाशित शिशु र आमामा आधारित एक अध्ययन रिपोर्टका अनुसार हिडडुल गर्नाले गर्भावस्थापछि तौल कम गर्न सजिलो हुन्छ ।

योगा गर्नुहोस्ः सुत्केरीपछि तौल घटाउन योग गर्नु एक राम्रो उपाय हो । यसले तपाईंको तौल कम गर्नुका साथै तन, मन र मानसिक रुपले स्वस्थ बनाउन सहयोग गर्छ । साथै योगाले तपाईंलाई तनावमुक्त पनि बनाउँछ ।

प्रशस्त पानी पिउनेः तौल कम गर्ने हो भने प्रशस्त पानी पिउनु जरुरी छ । यदि तपाईं आमा बनिसकेपछि तौल कम गर्न चाहनु हुन्छ भने प्रशस्त पानी पिउन सुरु गरिहाल्नुहोस् ।

अमेरिकन केमिकल सोसाइटीको एक अध्ययन रिपोर्टका अनुसार नियमित १० देखि १२ गिलास पानी पिउनु फाइदाजनक हुन्छ ।

राम्रो निद्रा र सन्तुलित खानाः निद्रा पुरा नहुनु, तनाव र जथाभावी खानाले पनि आमा बनिसकेपछि तौल बढ्न सक्छ । यो अवस्थामा तपाईंले खानपानमा नियन्त्रण गर्नुपर्छ ।

बाहिरको खाना पूर्ण रुपले बन्द गर्नुपर्छ । घरमै बनेको खाना खाने र निद्रा पर्याप्त हुनु पर्छ । सानो सानो कुरामा तनाव लिनु हुँदैन । योगले यी सबै अवस्थामा सहयोग गर्छ । एजेन्सी

सम्बन्धित खबरहरु