काठमाडौं । तेल बोकेको ट्याङ्करमा आगलागी भएको छ । हङकङबाट दक्षिणमा एक तेल ट्याङ्करमा आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । मट्टितेल बोकेको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे आगलागी भएको थियो । आगलागीपछि चालकदलका सदस्यहरु पानीमा हाम फालेका थिए । उनीहरुमध्ये २१ जनाको प्रहरीले उद्धार गरिसकेको प्रहरी प्रवक्ताले जानकारी दिए ।

त्यस्तै, एक जनाको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । ११ हजार टन वजन भएको भियतनामको अउलाक फर्च्युन नामक उक्त ट्याङ्कर चीनको डोङगुवानबाट हङकङ आउँदै गरेको मरिन ट्राफिकले जनाएको छ । लाम्मा टापु र नजिकैको लानताउ टापुका स्थानीयले आफूहरुले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । आगलागीको कारण खुल्न नसकेको जनाईएको छ । एजेन्सी

सम्बन्धित खबरहरु