काठमाडौं । टीकापुर काण्डका मुख्य अभियुक्त मानिएका रेशम चौंधरीको शपथ पछि अब राजीब राजीब गुरूङ अर्थात मनाङ्गे पालो कुरेर बसेका छन । “मनाङ ”ख’ बाट गण्डकी प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गेले सपथका लागि समर्थन जुटाउन लबिङ थालेका छन्। सोमबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र अन्य सांसदहरुलाई भेट्दै सपथको पहल गर्न आग्रह गरेका हुन्।

सोमबारबाट सुरू भएको गण्डकी प्रदेशको हिउँदे अधिवेसनका क्रममा संसद भवन पुगेर उनले भेटघाट गरेका हुन्।मनाङेका अनुसार सभामुखसँगको भेटको क्रममा आफ्नो सपथ कुनै पनि कानूनले नरोक्ने भएकोले सपथ गराउनुपर्ने माग गरेका थिए।भेटघाटपछि उनले सबै जना सकारात्मक रहेको भन्दै आफ्नो सपथ चाडै हुने बताए। उनले यतिका दिनसम्म कुरिसकेको बताउँदै दुई चार दिन थप कुर्न कुनै कठिनाइ नहुने बताए। मनाङ्गेले आफू पहिलो पटक यसैका लागि मुख्यमन्त्रीलाई भेटेकोसमेत बताए।

सम्बन्धित खबरहरु