काठमाडौ । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् ।तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् ।खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् ।

उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ ।प्रहरीको प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले १५ हजार पाँच सय ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि १८ पुसमा टेन्डर आह्वान गरिएको बताए ।

उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा दुई महिना लाग्छ । एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ ।त्यसपछि आशयपत्र माग्ने तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ । टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउने सम्भावना कम छ ।प्रशासन विभाग र प्रबन्ध शाखा लामो समय नेतृत्वविहीन भएकाले ज्याकेट खरिदमा ढिलाइ भएको हो । दुवै निकायमा प्रमुख आएपछि खरिद प्रक्रिया अघि बढाइएको हो ।

यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले विगतमा समयमै ज्याकेट खरिद हुन नसक्दा अहिले समस्या देखिएको बताए । ‘ज्याकेट पर्याप्त नहुनुको एउटा कारण विगतमा आपूर्तिकर्ताले गुणस्तरहीन सामान दिन खोजेपछि टेन्डर नै रद्द गरेर बजेट फ्रिज हुन पुगेको थियो,’ प्रवक्ता सुवेदीले भने, ‘अर्को कारण भनेको नयाँ दरबन्दीअनुसार खरिद गर्न समय लाग्ने गरेको छ ।’प्रहरीलाई हरेक ३ वर्षमा ज्याकेट दिनुपर्ने व्यवस्था छ ।

तर, कुनै पनि प्रहरीले स्केलअनुसार ज्याकेटलगायत सुविधा पाउने गरेका छैनन् ।पाए पनि कमसल हुन्छन् । धेरै प्रहरी थोत्रा ज्याकेट लगाएर ड्युटी गरिरहेका छन् । कतिपय जिल्लामा एउटै ज्याकेट पालैपालो लगाएर पनि प्रहरीले ड्युटी गर्नुपर्ने बाध्यता छ । जाडोले बिरामी हुँदै उपत्यकाका प्रहरी (उपत्यकामै कार्यरत प्रहरीलाई पनि ज्याकेट पर्याप्त छैन ।

नयाँ ज्याकेट हाकिमनिकट प्रहरीले मात्र पाउने गरेका छन् ।आवाससमेत राम्रो नभएको र ज्याकेट पनि नहुँदा उपत्यकामा प्रहरी बिरामी पर्ने समस्यासमेत देखिएको छ । काठमाडौं परिसरमै प्रहरीहरू टेन्टमा सुत्ने गरेका छन् ।‘हामीले प्रहरी प्रधान कार्यालयमा माग गरिरहेका छौँ, केही आइरहेको छ, तर सबैले पाएको अवस्था भने छैन,’ महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले भनिन् ।

तराई र पहाडमा धेरै समस्या – तुलनात्मक रूपमा हिमाली जिल्लामा कम समस्या छ । हिमाली जिल्लामा कार्यरत प्रहरीलाई निकै बाक्लो ‘हिमाली’ ज्याकेट दिइन्छ ।जुन ज्याकेट सरुवा भएपछि कार्यालयमा बुझाउनुपर्ने भएकाले थोत्रा ज्याकेट भए पनि ठूलो समस्या नरहेको हिमाली जिल्लामा कार्यरत प्रहरी अधिकारी बताउँछन् ।

ज्याकेटको धेरै माग तराई र पहाडी जिल्लाबाट छ । तराईमा शीतलहर सुरु भएपछि समस्या थप बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् ।ज्याकेट मात्र होइन अन्डर टाउजर, उलन सर्ट–पाइन्टलगायत कपडा पनि पर्याप्त नभएको स्रोत बताउँछ । प्रदेश ५ का प्रहरी प्रवक्ता डिएसपी पुष्पराम मल्लले पर्याप्त नभए पनि ज्याकेट नै नलगाई ड्युटीमा खटाउनुपर्ने अवस्था भने नरहेको दाबी गरे ।

हरेक वर्ष यस्तै समस्या – प्रहरीमा ज्याकेटको समस्या नयाँ भने होइन । चार वर्षअघि पनि समयमा खरिद गर्न नसकेपछि यस्तै समस्या देखिएको थियो ।करिब १५ हजार प्रहरीले जाडोमा ज्याकेट नपाएपछि हेडक्वार्टरले प्रहरी कार्यालयहरूमा नगद पठाएर ड्रेससँग मिल्दो ज्याकेट किन्न निर्देशन दिएको थियो । त्यसपछिका हरेक वर्षमा यस्तो समस्या देखिँदै आएको छ ।सुडानकाण्डको त्रास स् दुई वर्ष ज्याकेट नै किनिएनबजेट अपुग भएर प्रहरीमा ज्याकेटको अभाव भएको होइन ।

प्रहरी नेतृत्वको कमजोर निर्णय क्षमताका कारण यस्तो समस्या देखिएको हो ।प्रहरीले आर्थिक वर्ष ०७२र७३ र ०७३र७४ मा ज्याकेटलगायतका पोसाक खरिद नै गरेन । खरिद प्रक्रिया विवादमा परे उजुरी पर्न सक्ने भएकाले तत्कालीन नेतृत्वले त्यसबापतको रकम फ्रिज गराई फिर्ता पठाएका थिए ।गत आर्थिक वर्ष ०७४/७५ मा केही ज्याकेट खरिद गरिए पनि पर्याप्त थिएनन् । विगतमा खरिद नहुँदा अहिले समस्या थपिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीको सुडान शान्ति मिसनका लागि सामान खरिद प्रकरणमा तीन पूर्वआइजिपीसहितका प्रहरीविरुद्ध मुद्दा दायर भएकाले त्यसयता प्रहरीको खरिदमा नेतृत्व डराउने गरेको छ । ओलाङचुङगोलामा न्यूनतम तापक्रम माइनस २० डिग्री, निरीक्षणमा गएका डिआइजी भन्छन्, ‘आगो तापेर ड्युटी गर्छन् प्रहरी’डिआइजी केदार रिजाल भन्छन्स् म मंसिर २० गते ओलाङचुङगोला पुगेको थिएँ ।

त्यहाँ असइको कमान्डमा सात प्रहरी कार्यरत छन् । त्यहाँ प्रहरीलाई निकै गाह्रो छ । सञ्चारको सुविधा छैन ।घाम लागेका वेला मात्र भिस्याटले काम गर्छ । अहिले त अत्यधिक चिसो छ । आगो तापेर प्रहरीले त्यहाँ ड्युटी गर्दै आएका छन् । जाडोको समयमा त १–२ जनाबाहेक गाउँले पनि त्यहाँ बस्दा रहेनछन् ।

मोटरबाटोबाट हिँडेर जान डेढ दिन लाग्छ । म गएको दिन हेलिकोप्टरबाटै उनीहरूलाई हिमाली ज्याकेट लगिदिएको थिएँ । त्यो दिन घाम लागेर तातो भएकाले उनीहरूले ज्याकेट नलगाएका हुन् ।

सम्बन्धित खबरहरु