काठमाडौ । देशको कुना–कुनामा शाखा विस्तार गर्दै सबै प्रकारका नागरिकलाई एउटै छानामूनि विभिन्न वित्तिय तथा बैंकिङ सेवाप्रदान गरेर नम्बर एक वाणिज्य बैंक बन्ने उद्देश्यका साथ एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्रीएवं ई–लबी शाखाको उद्घाटन गरेकोे छ ।

बानेश्वरको अपाङ्ग मैत्रीएवं ई–लबी शाखाको समुद्घाटन यस बैंकका अध्यक्ष बि.के श्रेष्ठ ज्यूले गर्नु भएको थियो । यस शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदानगर्न उपाङ्गता मैत्री प्रवेशद्वर निर्मिण गरिएको छ ।

त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधा जस्तै डेबिट कार्ड, उपोभोग्ता भूक्तानीबिल, एटिएम जस्ता सुविधा प्रदानगर्न जडान गरिएको छ । कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हालआफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु